Prakash Adhikari December 31, 2021

काठमाडौं, १६ पौष। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज बेलुकीदेखि विद्युत आपूर्तिमा समस्या नहुने दाबी गर्नुभएको छ।

उपत्यकामा पटकपटक विद्युत जाने समस्याका बारेमा सार्वजनिक चासो बढ्न थालेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले विद्युत माग बढ्न गएकोले कतिपय स्थानमा प्रणालीले लोड धान्न नसक्दा आपूर्तिमा समस्या आएको बताउनुभयो । उहाँका अनुसार यस्तो समस्या देशभर नभएर काठमाडौं उपत्यकाको सीमित ठाउँमा मात्रै भएको छ र त्यसको व्यवस्थापन भइसकेकाले आज बेलुकीदेखि समस्या आउने छैन ।

ुप्राविधिक समस्या जहाँ पनि आउँछ, अमेरिका र जापानमा त बत्ती जान्छ। हामी सिस्टम सुधारको काम गरिरहेका छौं,ु घिसिड.ले भन्नुभयो।

केही समययता विद्युतको माग ह्वात्तै बढेका कारण प्रणालीले थेग्न नसकेर ट्रान्सफर्मर पड्कने तथा तार जल्ने समस्याका बढेको छ। जसका कारण विद्युत आपूर्ति भरपर्दो हुन सकेको छैन।

प्राधिकरणका अनुसार सिंहदरबारको फिडरमा समस्या आएका कारण अनामनगर, डिल्लीबजार लगायतको पुरै एरियामा विद्युत आपूर्तिमा समस्या भएको थियो। इमाडोल, बानेश्वर, रत्नपार्क, महराजगंज क्षेत्रमा पनि विद्युत आपूर्तिमा समस्या देखिएको थियो। कतिपय स्थानमा भने ट्रान्सफर्मरबाट घर घरमा पुग्ने केवल जलेर समेत समस्या भएको छ।

प्राधिकरणका अनुसार बिहान र बेलुकी करिब एक एक घण्टा विद्युतको माग बढेको छ। गत वर्षको तुलनामा करिब २ सय मेगावाट माग बढेको छ। २५० देखि ३ सय मेगावाट माग रहेको उपत्यकामा पिक आवरमा ४५० देखि ५ सय मेगावाट पुगेका कारण बत्ती जाने समस्या भएको हो।
उपत्यकामा करिब ३ हजार ८ सय वटा ट्रान्सफर्मर जडान गरिएका छन्। जसमध्ये ५०र६० वटामा समस्या आएको छ। त्यस्ता स्थानहरुमा ट्रान्सफर्मर फेर्ने र आवश्यक परेको ठाउँँमा क्षमता बढाउने, ट्रान्सफर्मरको संख्या थप्ने लगायतको काम भइरहेको छ।
ट्रान्सफर्मर फेर्दा फिडर नै बन्द गर्नुपर्ने र त्यसका लागि केहि घण्टा समय लाग्ने भएकाले पनि समस्या भएको कार्यकारी निर्देशक घिसिड.को तर्क छ।

विद्युत उपभोग बढ्दै गएकोले उपत्यकामा धेरै स्थानमा ट्रान्सफर्मरहरु राख्नुपर्ने भए पनि राख्नका लागि समस्या भएको घिसिङले गुनासो गरे। ुघर वरिपरि कसैले पनि ट्रान्सफर्मर राख्न र पोल गाड्न दिँदैनन्। आम उपभोक्तालाई मेरो अनुरोध छ। ट्रान्सफर्मर राख्दा कुनै समस्या हुँदैन,ु उहाँले भन्नुभयो।

अहिले देशभरको विद्युत माग १ हजार ६ सय ९९ मेगावाट पुगेको छ। विद्युत प्राधिकरणको ५ सय २५ मेगावाट, प्राधिकरणको सहायक कम्पनी ५ सय २२ मेगावाट, निजी क्षेत्रको ४ सय ९ मेगावाट गरि कुल १ हजार ५ सय ५६ मेगावाट आन्तरिक उत्पादन छ भने भारतबाट १ सय ६९ मेगावाट आयात गरेर व्यवस्थापन भइरहेको छ।

घिसिङका अनुसार माग व्यवस्थापनका लागि भारतबाट अफ पिक आवरमा समेत आयात बढाइएको छ।

भारतबाट अफ आवरमा बिजुली धेरै आयात भइरहेको छ। कालीगण्डकी, मर्स्याङ्दी लगायतका आयोजनाबाट पिकिङ गरेर व्यवस्थापन भइरहेको छ। विगतका वर्षहरुमा भन्दा यो वर्ष तामाकोशी आएका कारण व्यवस्थापन सहज भएको घिसिङले बताउनुभयो।

घिसिङले उपत्यकामा गुणस्तरीय विद्युत आपूर्तिका लागि २ हजार मेगावाट सप्लाइ दिन सक्ने गरी सिस्टम बनाइरहेको दाबी गर्नुभयो । उहाँले विद्युत आपूर्ति भरपर्दो बनाउन मातातीर्थ, चोभार, टेकु, फुटुङ, ठिमी, मूलपानी, चाँगुनारायण, बालकुमारी लगायतका ९ स्थानमा सवस्टेशन निर्माण भइरहेको बताउनुभयो।

त्यस्तै विद्युत आपूर्तिलाई आधुनिकीकरण गरी शहरको सौन्दर्य बढाउन विभिन्न स्थानमा अण्डग्राउण्ड केबलिङको समेत काम भइरहेको पनि उहाँले बताउनुभयो।

 

Share Now

Leave a comment.