Prakash Adhikari January 3, 2022

काठमाडौं, १९ पौष । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम र नेपाल विद्युत प्राधिकरणबीच यात्रु तथा सामान ढुवानी सम्झौता भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सभाहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम बहादुर आलेज्यूको समुपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री आलेले आजको दिन इतिहासमा अविस्मरणीय रहेको बताउनुभयो।

संझौता अनुसार नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुको स्वदेश तथा विदेश यात्रा निगमका विमानहरुबाट हुने छ भने प्राधिकरणले देशका विभिन्न स्थान तथा विदेशबाट जहाजमा ल्याउन मिल्ने सामान ल्याउनु पर्दा निगमको उडान उपयोग गर्नेछ ।

उक्त सम्झौता पत्रमा विद्युत प्राधिकरणका कर्मचारीहरु निगमको उडान हुने सेक्टरहरुमा विदेश यात्रा गर्दा तथा प्राधिकरणको कार्गो सामान ओसारपसार गर्दा यथासम्भव निगमकै विमान प्रयोग गर्ने व्यवस्था रहेको छ । त्यस्तै, विद्युत प्राधिकरणका कर्मचारी तथा निजको परिवारका सदस्यहरुलाई निगमले अन्तर्राष्ट्रिय उडानमा १५ प्रतिशत छुट दिने तथा कार्गो रेटमा कार्गोको प्रकृति र ख्यगिmभ को आधारमा ५ देखि १० प्रतिशतसम्म छुट दिने व्यवस्था रहेको छ । उक्त सम्झौताले प्राधिकरण र निगमबीच द्धिपक्षीय सेवा तथा व्यवसायको प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुग्ने दुवै पक्षको दावी छ ।

 

 

Share Now

Leave a comment.