काठमाडौं,१९ पौष । सोमबार शेयर बजार परिसूचक दोहोरो अंकको बढोत्तरी देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जले जनाए अनुसार सोमबार बजार मापन गर्ने सूचक ३२.०३ अंकले बढेर परिसूचक २६१६।.९४ बिन्दुमा रोकिएको छ ।
यस दिन २ सय ३० कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता सेयरको किनबेचबाट ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १सय ७८ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ ।
सोमबार बैंकिङ समूहको उपपरिसूचक २५.४०, विकास बैंक ७३.२८, फाइनान्स कम्पनी ४२.८१, जलविद्यूत १०.११, जीवन बीमा ९३.८८, माइक्रोफाइनान्स १४५.१५, निर्जीबन बीमा समूहको उपसूचक ६१.३६ अंकले बढेको छ ।
कारोबारमा मध्ये भोटेकोशी जलविद्यूतको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै गुराँस लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, साल्ट टे«डिङ कर्पोरेशन, फस्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था,सप्तकोशी विकास बैंक, गुहेश्वरी फाइनान्स लि.लक्ष्मी बैंक लि. र सामुदायिक लघुुवित्तको शेयर मूल्य अघिल्लो कारोबार दिनको भन्दा १० देखि साढे ५ प्रतिशतभन्दा बढीले बढेको छ ।
यस दिन रु रु जलविद्यतु कम्पनी, नेपाल बंगलादेश बैंक, कालिका पावर, लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरैन्स,सूर्य लाइफ इन्स्योरेन्स,हिमालयन डिष्टिलरी, प्रमु इन्स्योरेन्स र अरुण भ्याली हाइडेपावर कम्पनी लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।
कारोबारका हिसाबले यस दिन हिमालयन डिष्टिलरी,अपी पावर,शिभम् सिमेण्ट्स,नबिल बैंक,नेपाल बंगलादेश बैंक, गोर्खा फाइनान्स, नागरिक लगानी कोष, मेगा बैंक,आइएमई जनरल इन्स्योरेन्स र माथिल्लो तामाकोशीको शेयरको बढी किनबेच भएको छ ।


















