Prakash Adhikari January 5, 2022

काठमाडौं, २१ पौष । राष्ट्रिय सभा निर्वाचनको कारण देखाउदै महाधिवेशन पहिले सम्पन्न हुन नसकेका नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन माघ १५ मा सरेको छ ।
यसअघि अधिवेशन हुन नसकेका जिल्लाहरुको अधिवेशन पुस २७ गतेसम्मका लागि सारिएको थियो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारिएको जानकारी दिनुभएको छ ।

क्रियाशील सदस्यता विवादको कारण वडा र नगर,प्रदेश र प्रतिनिधिसभा तहका अधिवेशन बिलम्ब भएका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरका जिल्ला अधिवेशन राष्ट्रिय अधिवेशन पहिले हुन सकेको थिएन ।

Share Now

Leave a comment.