काठमाडौं, २१ पौष। शेयर बजारमा बुधबार करेक्सन आएको छ । लगातार चार दिन बढेको बजार बुधबार ३०.७५ अंकले घटेर २६४९.२ बिन्दुमा ओर्लिएको छ ।
बुधबार २ सय ३६ कम्पनीका कुल ९५ लाख ५९ हजार ४ सय २९ कित्ता शेयरको किनबेचबाट कुल ४ अर्ब ६२ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएका कुल १३ वटा उपसमूहमध्ये वित्त उपसमूहमा ०.१ प्रतिशतको बढोत्तरी आएको छ भने जलविद्दुत उपसमूहमा ०.४९ प्रतिशतको वृद्धि। अन्य समूहको मूल्य घटेको छ।
यस दिन होटल तथा पर्यटन उपसमूह भने सर्वाधिक घटेको छ। यो उपसमूह २.२१ प्रतिशतले घटेको हो। लघुवित्त उपसमूहमा २.१ प्रतिशतको गिरावट आउँदा निर्जीवन बीमा उपसमूह १.८८ प्रतिशतले, व्यापार उपसमूह १.७४ प्रतिशतले, विकास बैंक उपसमूह १.७१ प्रतिशतले र लगानी उपसमूह १.५४ प्रतिशतले घटेको छ।
बुधबार भोटेकोशीको शेयर भाउ ९.९६ प्रतिशतले बढ्यो भने छ्याङ्ग्दी हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशत अधिकका दरले कमाएका छ्न। जनउत्तथान सामुदायिक लघुवित्त र बिशाल बजार कम्पनीका लगानीकर्ताले ४ प्रतिशत अधिकका दरले कमाएका छन्।त्यस्तै ४ प्रतिशत मुनि बजार बढ्नेमा मैलुड.खोला जलविद्युत कम्पनी, युनाइटेड इदि मर्दी आरबी हाइडे पावर, समृद्धि फाइनान्स कम्पनी, लमजुड. इनर्जी कम्पनी र रुरु जलविद्युत कम्पनी रहेका छन् ।
बुधबार शेयर बजारमा मूल्य घट्नेमा विजया लघुवित्त, फस्ट माइक्रोफाइनान्स , किसान लघुवित्त र सिभिल लघुवित्त रहेका छन् । ती कम्पनीको शेयर बेच्नेले अघिल्लो कारोबार दिनको तुलनामा ४ प्रतिशत अधिकका दरले गुमाएका छन्। यसदिन प्राइम लाईफ,नेरुडे लघुवित्त वित्तीय संस्था, सर्पोट, गणपतिर आरएसडीसी लघुवित्त कम्पनी रहेका छन्।
कारोबारका आधारमा बुधबार शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। बुधबार शिवम्को १८ करोड ७२ लाख अधिकको कारोबार भएको छ। शिवम् सिमेन्टको सेयर ०.२ प्रतिशतले बढेको छ।
त्यस्तै अपि पावर लिमिटेडको १६ करोड ७४ लाख अधिकको कारोबार भएको छ। अपि पावरको ०.४२ प्रतिशतले घटेको छ।त्यसपछि बढी कारोबार हुने कम्पनीमा अपर तामाकोशी, अरुणभ्याली हाइड्रोपावर, हिमालय डिष्टिलरी, नेशनल हाइड्रो पावर कम्पनी, नबिल बैंक,नेपाल टेलिकम र नेपाल बंगलादेश बैंक रहेका छन् ।


















