Prakash Adhikari January 10, 2022

काठमाडौं, २६ पौष । सोमबार पनि शेयर बजारमा उत्साह छाएको छ । यस दिन नेप्से सूचक १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा आएको छ ।

यस दिन २ सय ३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सोमबार शेयर बजारमा कारोबार भएका ३ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । यस दिन मध्यभोटेकोशी जलविद्युत कम्पनी, यूनियन हाइड्रो, कर्पोरेट डेभलपमेण्ट बैंक, खानीखोला हाइड्रो, हिमालयन उर्जा, गोर्खा फाइनान्स, रुरु जलविद्युत कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, जोशी जलविद्युत कम्पनी र एनएमबी ५० को शेयर मूल्य अघिल्लो कारोबार दिनको भन्दा बढ्यो । जसले आज यी शेयर बेचे तिनले अघिल्लो कारोबार दिनको तुलनामा राम्रो नाफा कमाए ।

सोमबार प्रभु सेलेक्ट फण्ड, चन्द्रागिरि हिल्स्, कुमारी बैंक लि.,नेपाल बंगलादेश बैंक, सेञ्चुरी कमसियल बैंक, आरएसडीसी,सप्तकोशी विकास बैंक,निका डिबेञ्चर,मनकामना स्मार्ट लघुवित्त र मञ्जुश्री फाइनान्सको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढी घटेको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीका १३ मध्ये १० वटा समूहको सूचकमा हरियाली आएको छ ।

यस दिन २२ करोड ७७ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, नेपाल टेलिकमको २१ करोड ८२ लाख , एचआइडीसीएलको २१ करोड ३ लाख,अपी पावरको १९ करोड २८ लाख, नेशनल हाइड्रोको १८ करोड ९४ लाखको र एनआईसी एशिया बैंकको १३ करोड ८२ लाखको किनबेच भएको थियो ।

Share Now

Leave a comment.