काठमाडौं, ३ माघ। कोरोना संक्रमणको बृद्धिले अन्य व्यवसायहरु संकुचन हुँदै गैरहेको बेला शेयर बजार कारोबार भने बढ्दै जान थालेको छ । आज पनि नेपालको शेयर बजारको परिसूचकमा दोहोरो अंकको सुधार आएको छ ।
आज शेयर बजार परिसूचक २०.६४ अंकले बढेर परिसूचक २९४७.३८ बिन्दुमा रोकिएको छ ।
सोमबार २ सय २४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७ सय १३ कित्ता शेयरको किनबेचबाट ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६ सय ६८ रुपैयाँको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जले वर्गीकृत गरेका सूचीकृत कम्पनीहरुको १३ समूह मध्ये आज बैंकिङ समूहको १९.४६, जलविद्युत ५५.९४, जीवन बीमा ८०.२७, उत्पादन तथा प्रशोधन ९९.३२, निर्जीबन बीमा ५०.४१ र अन्य समूहको परिसूचकमा २३.८६ अंकको सुधार देखिएको छ ।
तर विकास बैंक समूहमा २३.३३, माइक्रोफाइनान्स समूहको परिसूचकमा ६.५४ अंकको गिरावट आएको छ ।
आज अधिक मूल्य बढने कम्पनीहरुमा मध्य भोटेकोशीजलविद्युत कम्पनीको १० प्रतिशत,सनराई ब्ल्युचिप फण्डको ८.३३ प्रतिशत, सिंगटी हाइड्रोको ८.१९ प्रतिशत,सीइबीडी हाइड्रो डेभलपमेण्ट कम्पनीको ८.०१ प्रतिशत,एनआरएन इन्फ्रास्ट्रक्टर डेभलपमेण्ट लिमिटेडको ७.७८ प्रतिशत,सामलिड. पावर कम्पनीको ७.०४ प्रतिशत,एसबीआई बैंकको ६ं.०२ प्रतिशतले ,हिमालयन ऊर्जा विकास कम्पनीको ५.९५ प्रतिशतले,अरुणभ्याली हाइड्रो पावरको ५.८९ प्रतिशतले र लिवर्टी इनर्जी कम्पनीको ५.२६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
सोमबार बढेको बजारमा एनएमबी डिबेञ्चर, स्ट्याण्डर्ड चार्टर बैंक,समिट लघुवित्त,राष्ट्रिय बीमा कम्पनी, युनिलिभर,मानुषी लघुवित्त, घलेम्दी हाइड्रो, एनसीसी डिबेञ्चर र स्वरोजगार लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको भन्दा घटेको छ ।
यस दिन उच्च कारोबार हुने कम्पनीहरुमा अरुण भ्याली हाइडेपावरको ४४ करोड ५४ लाखको,अपि हाइड्रोपावरको ४१ करोडको, अपर तामाकोशीको २४ करोडको, नेपाल दूरसञ्चार कम्पनीको २३ करोड ९८ लाखको, शिभम् सिमेण्टको २१ करोड १२ लाखको, हिमालयन डिष्टिलरीको १८ करोड ३८ लाखको,आँखु खोला पावर लिमिटेडको १६ करोड २८ लाखको र जलविद्युत लगानी तथा विकास कम्पनीको १५ करोड ६२ लाख रुपैयाको शेयर खरिद बिक्री भएको छ ।


















