काठमाडौं, ३ माघ । नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ४७ र ६ हजार ७ सय ३४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
अहिले देशभरमा ३० हजार ८ सय ७७ संक्रिय संक्रमित रहेको जानकारी मन्त्रालयले दिएको छ ।
उपत्यकामा मात्रै थपिए ३ हाजर ९ सय३९ संक्रमित
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आजको विवरणमा उल्लेख भए अनुसार काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९ सय ३९ जना संक्रमित थपिएका छन् ।
सबैभन्दा बढी संक्रमित काठमाडौंमा थपिएका छन् । काठमाडौंमा २ हजार ९ सय ४३ं, भक्तपुरमा २ सय १ र ललितपुरमा ७ सय ९५ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।



















