हरारे(जिम्बाबे), २४ फागुन । सन २०१९ मा हुने आईसीसी विश्व कप क्रिकेटका लागि हुने छनौट खेलमा नेपाली राष्टिय टोली आज जिम्बाबेको हरारेस्थित बुलावायो क्रिकेट मैदानमा स्कटल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।
खेल स्थानीय समय अनुसार अपरान्ह १ : १५ मा सञ्चालन हुनेछ ।
नेपाली टोलीको निमित्त यो खेलको विशेष महत्व छ ।
छनौट खेलको दोस्रो चरण मानिएको सुपर सिक्समा जानका लागि नेपालले २ खेलहरु जित्नै पर्ने हुन्छ ।
जिम्बाबे विरुद्धको पहिलो खेलको नतिजा नेपालको विपक्षमा गएको छ ।
नेपालले आज स्कट ल्याण्ड र यसपछि त्यस्तै, दोस्रो खेलमा नेपालले २६ गते अफगानिस्तानसँग खेल्दैछ । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले हङकङसँग फागुन २८ गते सोमबार प्रतिस्पर्धा गर्दैछ ।
आजको खेल जितेमा नेपालको सुपर सिक्स यात्रा सहज हुनेछ । यसले नैतिक र भौतिक दुवै बल बढाउने छ ।
सुपर सिक्समा पुगेका राष्ट्र् मध्ये समूह चरणमा भेट नभएका राष्ट्र्हरुबीच हुने खेल पछि समग्र अंक तालिकामा शीर्ष स्थानमा रहने दुई टीम विश्वकप खेलका लागि छनौट हुनेछन भने उत्कृष्ट अर्को ३ राष्ट सन २०२२ सम्मका लागि एक दिवसीय राष्टको मान्यता पाउने छन । यसैले नेपालको लागि सुपर सिक्सको प्रवेश अत्यन्त महत्वपूर्ण छ ।
स्कटल्याण्डले छनौट चरणमा भएका अफगानिस्तान र हंगकंगसंको दुई खेल जितिसकेको छ ।
क्रिकेट संभावनाको खेल हो र यसमा धैयर्ता जरुरी हुन्छ भन्ने कुरा नेपाली खेलाडीहरुले डिभिजन २ को खेलमा केन्या,नामिबिया,यूएई जस्ता टीमलाई पराजित गरेर सिद्ध पनि गरेका छन् ।
सगरमाथाको देशका वीर नेपालीहरुले उच्च नैतिक मनोबल र धैयर्ताका साथ खेलेमा दक्षिण अफिकाको जिम्बाबेको राजधानी हरारेमा चन्द्र सूर्य झण्डा फहराएर क्रिकेट मार्फत भगवान गौतम बुद्धका शान्तिको सन्देश विश्वभर फैलाउन सक्छन् ।