बेइजिङ(चीन), २४ फागुन । बेइजिङले सन् २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरेको पर्यटन व्यवसायीसम्बन्धी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
अधिकारीहरूका अनुसार देश र विदेशका गरी २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरिएको र सो संख्या सन् २०१६ को तुलनामा ४।३ प्रतिशतले बढी हो ।
यस पर्यटन व्यवसायबाट ५ खर्ब ४६अर्व ९० करोड युआन बराबरको आय आर्जन भएको उनीहरूले बताएका छन् ।
यस बर्ष ७ प्रतिशतले पर्यटन व्यवसायको आय आर्जनलाई बढाउने बेइजिङको उद्देश्य रहेको बताइएको छ ।
साथै यस वर्ष १ सय ४४ घण्टाको प्रवेशआज्ञालाई बढावा दिने पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।