Prakash Adhikari March 8, 2018

हरारे(जिम्बाबे),२४ फागुन । आईसीसी बिश्व कप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा स्कटल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको नेपालले टस जितेर पहिले ब्याटिंग गर्दै ४७.४ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको छ। पहिलो खेलमा नेपाल जिम्बाबेसंग पराजित भएको थियो।

अत्यन्त खराब सुरुवात गर्नेक्रममा नेपालले ओपनर ज्ञानेन्द्र मल्ल ( १ ) र दिलिप नाथ ( ४ ), दिपेन्द्र ऐरी ( १ ) , शरद भेसावकर ( ० ) तथा आरिफ शेख ( २ ) लाई चाडैनै गुमाउन पुग्यो। माथिल्लो क्रमका ५ ब्याट्सम्यानहरु लगातार आउट हुँदा आठौं ओभरमा नेपाल स्कोर मात्र ३९ रन थियो।

पाँचौं विकेट गुमेपछि पारसले सोमपाल कामिसंग छैठौं विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए। सोमपाल २५ औ ओभरमा टिमको योगफल ८१ रन हुँदा व्यक्तिगत १८ रनमा रन आउट हुनपुगे। सोमपालको विकेट पछि पारसले रोहित पौडेलसंग १९ रनको साझेदारी गरे।

लिस्ट ‘ए’ क्रिकेटमा सातौँ अर्धशतक पुरा गरेपछि पारस २९ औं ओभरको पहिलो बलमा क्याच आउट हुन पुग्दा नेपालको स्कोर १००/७ पुग्यो। लिस्ट ‘ए’ क्रिकेटमा हजार रन पुरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान समेत बनेका पारसले ६३ रन बनाउन ७५ बलमा १० चौका प्रहार गरे।

पारस आउट भएपछि रोहितले बसन्त रेग्मीसंग आठौँ विकेटको लागि १७ रनको साझेदारी गरे। १५ रन ( ४० बल ) बनाएका रोहितले पनि ठुलो योगदान दिन नसक्दा बसन्त रेग्मी भने क्रिजमा डटिरहे। सन्दिप लामिछाने ६ रन बनाएर आउट भने भए अन्तिम विकेटको रुपमा ललित राजवंशी ४ रन बनाएर आउट भए।

बसन्त रेग्मी २४ रन बनाएर अविजित रहंदा ५१ बलको सामना गर्दै १ चौका प्रहार गरे।

स्कटल्याण्ड बलर स्टुवार्ट व्हिटिंगघमले ३ विकेट लिने क्रममा दिलिप नाथ, दिपेन्द्र ऐरी र शरद भेसावकरलाई पेभेलियन पठाए । यस्तै सफ्यान शरिफ र एलेस्डर इभान्सले २/२ विकेट हात पारे भने रिची बेरिंगटनले र टीबी सोलले समान १/१ विकेट लिए।

Share Now

Leave a comment.