Prakash Adhikari January 21, 2022

 

काठमाडौं, ७ माघ । स्थानीय तहको निर्वाचनका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ।

शनिबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री देउवाले शुक्रबार सर्वदलीय बैठक बोलाउनुभएको हो।

शुक्रबार बसेको सत्तारुढ गठबन्धनमा संलग्न राजनीतिक दलहरुको राजनीतिक समन्वय समितिको बैठकले स्थानीय निर्वाचनका सम्बन्धमा निर्वाचन आयोग र संविधानविद्हरुको परामर्श लिने निर्णय गरेको थियो ।

यस बारेमा थप स्पष्ट हुन प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छ्लफल गर्न सर्वदलीय बैठक राखेको उहाँको सचिवालय स्रोतले जनाएको छ।

यसअघि प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले उपस्थित भएको थिएन।

 

Share Now

Leave a comment.