हरारे(जिम्बाबे),२४ फागुन । जिम्वाबेको राजधानी हरारेस्थित क्विन्स स्पोटर्स क्लबको वुलायावो क्रिकेट मैदानमा भएको नेपाल र स्कटल्याण्ड बीचको क्रिकेट खेलमा स्कटल्याण्डले नेपाललाई ४ विकेटले हराएको छ ।
आइसीसी विश्व कपको छनौट खेलमा भएको यो दोस्रो हारसँगै सुपर सिक्समा पुग्ने नेपालको यात्रा कठिन भएको छ तर असंभव भने छैन ।
नेपालले दिएको १ सय ५० रनको लक्ष्य स्कटल्याण्डले ४१. ३ ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएर पुरा गर्यो ।
उसको जितमा काइल कोएट्जरले अविजित ८८ रनको पारी खेले ।