Prakash Adhikari January 23, 2022

काठमाडौं, ९ माघ। आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।

कारोबार खुला भएको केही घण्टा दोहोरो अंकले बढेको बजार दिनभरको तीव्र उतारचढावपछि घटेर बन्द भएको हो ।

आइतबार नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २९२०.५१ अंकमा झरेको छ ।
यस दिन १ करोड ४७ लाख ४ हजार २ सय ७७ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ३ करोड ८ लाख ८ हजार २ सय ६२ रुपैयाँको कारोबार भएको छ ।

आइतबारको शेयर बजारमा विन नेपाल लघुवित्तकोशेयर मूल्य १० प्रतिशतले बढेको छ । धेरै शेयर मूल्य बढ्ने दोस्रोमा बुद्धभूमी हाइड्रोपावर र तेस्रो नम्बरमा मैलुङ खोला हाइड्रोपावर देखिएका छन् । दुवैको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

धेरै शेयर मूल्य बढ्नेमा ग्लोबल आइएमई बैंक, ज्योति लाईफ इन्स्योरेन्स,सानिमा लाइफ इन्स्योरेन्स,एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर, लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ नेपाल, रिलायन्स लाइफ इन्स्योरेन्स र एनआईसी एशिया लघुवित्त रहेका छन् ।

यस दिन अघिल्लो कारोबार दिनको तुलनामा अधिक शेयर मूल्य घट्ने कम्पनीहरुमा सामलिड. पावर,गोर्खा फाइनान्स, वेष्ट फाइनान्स, प्रभु बैंक, सांग्रिला विकास बैंकको डिबेञ्चर, आइसीएफसी फाइनान्स,मञ्जुश्री फाइनान्स, रुरु जलविद्युत कम्पनी, राष्ट्रिय बीमा कम्पनी संस्थापक शेयर र कुमारी बैंक रहेका छन् ।

आइतबार अधिक कारोबार हुने कम्पनीहरुमा नेपाल दूरसञ्चार कम्पनी ३२ करोड १४ लाख, अपि पावर १९ करोड १लाख, एनआईसी एशिया बैंकको १७ करोड ५२ लाख,शिखर इन्स्योरेन्सको १७ करोड ४७ लाख, ग्लोबल आईएमईको १६ करोड ९६ लाख, अरुण भ्याली हाइड्रो पावरको १५ करोड ४ लाखको, आईएमई जनरल इन्स्योरेन्सको १४ करोड ७६ लाख, गोर्खा फाइनान्सको १४ करोड ६१ लाख, अपर तामाकोशीको १३ करोड २९ लाख र गुराँस लाईफ इन्स्योरेन्सको १२ करोड ४९ लाख रुपैयाको शेयर कारोबार भएको थियो ।

 

Share Now

Leave a comment.