Prakash Adhikari January 24, 2022

काठमाडौ, १० माघ । सोमबार नेपालको शेयर बजारमा पहिरो गएको छ । यस दिन शेयर बजार परिसूचक १००..१० अंकले घटेर २८२०.६५ विन्दुमा झरेको छ । यो आइतबारको तुलनामा ३.४२ प्रतिशतको गिरावट हो ।

सोमबार २ सय २८ कम्पनीका १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता शेयरको खरिदबिक्रीबाट ८ अर्ब ८८ करोड ८५ लाख १३ हजारको कारोबार भएको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुको सबै समूहका परिसूचक घटेका छन् ।

सोमबारको बजारमा जलविद्युत र विकास बैंक समूहको परिसूचक ४.५ प्रतिशतले, वित्त समूहको ४.३ प्रतिशतले, निर्जीवन बीमा ३.७८ प्रतिशतले, ब्यापार समूह ३.६८ प्रतिशतले, अन्य ३.६ प्रतिशतले, लगानी ३.४१ प्रतिशतले, जीवन बीमा समूह ३.३७ प्रतिशतले, होटल समूह ३.३४ प्रतिशतले, लघुवित्त समूह ३.२८ प्रतिशतले, उत्पादन तथा प्रशोधन ३.२३ प्रतिशतले,बाणिज्य बैंक समूह २.८९ प्रतिशतले र सामूहिक लगानी कोष समूहको परिसूचक २.१९ प्रतिशतले घटेको छ ।

यसले वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल जलविद्युत कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले बढ्यो । त्यसबाहेक ज्योती लाइफ इन्स्योरेन्स, गुर्खाज फाइनान्स, सानिमा लार्ज क्याप फण्ड,जनसेवी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र सिद्धार्थ बैंकको डिबेञ्चरको समेत मूल्य झिनो अंकले बढेको छ ।

सोमबार सबैभन्दा बढी गुमाउने कम्पनीमा कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, आशा लघुवित्त वित्तीय संस्था, ओरियन्टल होटेल, सामलिड. पावर कम्पनी, गणपति माइक्रो फाइनान्स, रिलायन्स फाइनान्स, सिंगटी हाइड्रो इनर्जी र घलेम्दी हाइड्रो पावर कम्पनी रहेका छन् ।

Share Now

Leave a comment.