Prakash Adhikari January 24, 2022

 

काठमाडौं, १० माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई क्रिकेटको चर्चित पोर्टल इएसपीएनक्रिकइन्फोले आयोजना गर्ने अवार्डका लागि मनोनयनमा परेका छन्।

इएसपिएन क्रिकइन्फो अवार्ड २०२१ का लागि एसोसिएट बलर अवार्डमा सन्दीपसहित पाँच बलर छन्। जसमा नामिबियाका तीन बलरहरू जान फ्राइलिङ्क, रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ र नाइजेरियाका पिटर अहो रहेका छन्।

सन्दीपलाई पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलका उनले गरेको उत्कृष्ट प्रदर्शनकोलागि अवार्डको मनोनयनमा राखिएको हो। उनले गत सेप्टेम्बर १० मा पीएनजीविरुद्धको एकदिवसीय खेलमा ६ विकेट लिँदा ११ रन खर्चिएका थिए। यो सन्दीपको एकदिवसीय खेलको उत्कृष्ट प्रदर्शन हो।

फ्राइलिङकले युएईविरुद्ध ६ विकेट लिँदा २४ रन दिएको प्रदर्शनको आधारमा मनोनयनमा राखिएको छ। यस्तै रुबेनले स्कटल्यान्डविरुद्ध टी(२० विश्वकपमा ३ विकेट लिँदा १७ रन खर्चिएका थिए।

जेजे स्मिथले ओमानविरुद्ध ५ विकेट लिँदा २६ रन दिएका थिए भने पिटरले सिएरा लिओनविरुद्ध ६ विकेट लिँदा ५ रन मात्र दिएका थिए।

अवार्ड १२ विधामा प्रदान गरिनेछ। जसमा टेस्ट, एकदिवसीय, टी २०, महिला र एसोसिएटको उत्कृष्ट ब्याट्सम्यान र बलर छन्। यस्तै डेब्यू खेलाडी र उत्कृष्ट कप्तानलाई पनि अवार्ड दिइनेछ।

इएसपीएन क्रिकइन्फो डट कमले जनाए अनुसार पुरुषको टेष्ट ब्याटिड.तर्फ रोहित शर्मा भारत, फवाद आलम पाकिस्तान र जो रुट इंग्ल्याण्ड मनोनयनमा परेका छन्।

पुरुषतर्फको टेष्ट बलिड.मा न्युजिल्याण्डका टिम साउथी, अजाज युनिस पटेल र क्याल जमैसन छन ।

पुरुषतर्फको एक दिवसीय अन्तर्राष्ट्रियमा न्युजिल्याण्डकै टम लाथम र बेन स्ट्रोक तथा भारतका दीपक लोकेन्द्रसिंह चहार छन भने बलिड.तर्फ बंगलादेशका सकिब अल हासन, दक्षिण अफ्रिकाका तबराईज साम्सी र इंग्ल्याण्डका सामुयल माथ्यु कुरान छन् ।

पुरुषतर्फकै टी २० इन्टरनेशनलमा पाकिस्तानका मोहम्मद बाबर आजम र अष्ट्रेलियाका मिचेल मार्स छानिएका छन भने बलिड.तर्फ अष्ट्रेलियाका वेस्जली अष्टिन अगर, साहिन साह अफ्रिदी र एण्द्रिच नोर्थज चयन भएका छन् ।

यस्तै महिलातर्फको ब्याटिड.मा दक्षिण अफ्रिकाकी लिझेल ली र स्मृति मान्धना भारत रहेका छन् ।

त्यस्तै महिलातर्फको बलिड.मा अष्ट्रेलियाकी मेघन शट र रुरकी डार्सी ब्रोन, पाकिस्तानकी फतिमा साना रहेका छन् ।

एशोसियट्सतर्फको ब्याटिड.मा स्कटिश क्रिकेटर क्रिष्टोफर निकोलास ग्रीभ्स,अमेरिकी क्रिकेटर जशकरण मल्होत्रा चयनमा परेका छन् ।

वर्षका नवप्रवेशीमा श्रीलंकाका पेशेवर क्रिकेटर कारियावासम इन्डिपलागे चारिथ असलंका र पथम निसानांका सिल्भा छनोटमा परेका छन् ।

बर्षका क्याप्टेनमा भारतका विराट कोहली र न्युजिल्याण्डका काने विलियम्सन मनोनयनमा परेका छन् ।

Share Now

Leave a comment.