Prakash Adhikari January 24, 2022

 

पोखरा(कास्की), १० माघ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा आज अपरान्ह मछिन्द्र फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

पोखरा रंगशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।

आहा रारा गोल्डकपको साविक विजेता संकटाले ए डिभिजन लिगको शीर्ष स्थानको टोलीसँग खेल्न लागेको हो।

लिगमा अपराजित रहेको मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा छ। नवौँ चरणमा थ्रीस्टारसँग पराजित संकटा भने पाँचौँ स्थानमा छ।

आजको खेलको विजेताले फाइनल प्रवेशका लागि नेपाल एपीएफ फुटबल क्लबको सामना गर्नेछ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैयाँ तथा उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Share Now

Leave a comment.