Prakash Adhikari January 25, 2022

 

काठमाडौं, ११ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार जनाभन्दा बढी व्यक्तिमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

केही दिनयता दैनिक १२ हजारभन्दा बढी सङ्क्रमित फेला परेको यो दोस्रो पटक हो।

पछिल्लो वृद्धिसँगै देशभरि रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ८८ हजार ९ सय नाघेको छ।

पछिल्लो २४ घण्टामा कोभिड १९ का कारण ज्यान गुमाउनेको सङ्ख्या ८ छ।

मङ्गलवार अपराह्न प्रकाशित विवरणअनुसार विगत २४ घण्टामा १८ हजार १ सय ३ वटा परीक्षण पीसीआर विधिबाट र ७ हजार ८ सय ६ वटा एन्टिजन विधिबाट कुल २५ हजार ९ सय ९ परीक्षण गरिएको थियो।

पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ५२ प्रतिशतभन्दा बढीमा र एन्टिजन परीक्षणमा ३३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।

हाल देशभरि सङ्क्रमितको सङ्ख्या ८८ हजार ९ सय ३४ रहेको तथ्याङ्कले देखाउँछ।

तीमध्ये ५६ हजार ८ सय ८२ काठमाडौ उपत्यकामा रहेको तथ्याङ्कले देखाउँछ।

उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी सक्रिय सङ्क्रमित. देशभरि झन्डै ८९ हजार जनामा सक्रिय कोभिड, तीमध्ये ६४% काठमाण्डू उपत्यकाका . माघ ११ गते मङ्गलवार अपराह्णसम्मको विवरण.
सक्रिय सङ्क्रमितमध्ये ४१ हजार ६ सय ३३ जना काठमाडौंमा, ९ हजार ६ सय ६८ जना ललितपुरमा र ५ हजार ५ सय ८१ जना भक्तपुरमा छन्।

गत २४ घण्टामा काठमामा ४ हजार ८ सय ७५ जना, ललितपुरमा ७ सय ८२ र भक्तपुरमा ५ सय १५ जना नयाँ सङ्क्रमित थपिएका हुन्।

तीबाहेक अरू ५ जिल्लामा २ सयभन्दा बढी सङ्क्रमित पछिल्लो २४ घण्टामा थपिएका छन्।

खोप

अहिले आईसीयूमा २ सय ४५ जना र भेन्टिलेटरमा ४४ जना बिरामी भएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा निको हुने सङ्क्रमितको सङ्ख्या ३ हजार ४० रहेको छ।

दुई सातायता निरन्तर वृद्धि
अहिले सङ्क्रमित भइरहेकामध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन्।

विगत दुई सातादेखि नेपालमा कोभिड १९ सङ्क्रमण वृद्धि भइरहेको हो।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण दर वृद्धि भइरहेको बताउँदै आएका छन्।

हालसम्म नेपालमा ११ हजार ६ सय ६९ जनाको कोभिडका कारण मृत्यु भएको छ जुन कुल सङ्क्रमितको १.४ प्रतिशत हो।

बाँके ुरेडजोनु घोषित
बाँकेमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेपछि जिल्लालाई ुरेडजोनु घोषणा गरिएको छ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेमा ६ सय ५० जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन्।

जिल्लालाई कोभिड ुरेडजोनु घोषणासँगै जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवाहरू मङ्गलवारदेखि बन्द गरिएको छ।

कार्यालयकै कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जिल्ला प्रशाशन कार्यालय बाँकेले सूचनामार्फत् जनाएको छ।

कार्यालयका अनुसार नियमित कार्य सम्पादनका क्रममा केही कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएको छ भने केही कर्मचारीमा मिल्दोजुल्दो लक्षण देखिएकाले उनीहरू आइसोलेशनमा रहेका छन्।

Share Now

Leave a comment.