काठमाडौं, १२ माघ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ।
तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार उक्त जनसंख्या देखिएको हो।
यसअघि २०६८ मा गरिएको गणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो।
सार्वजनिक तथ्यांक अनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार २१, मधेश प्रदेशमा ६१ लाख २६ हजार २ सय ८८, बागमतीमा ६० लाख ८४ हजार ४२, गण्डकीमा २४ लाख ७९ हजार ७ सय ४५, लुम्बिनीमा ५१ लाख २४ हजार २ सय २५, कर्णालीमा १६ लाख ९४ हजार ८ सय ८९ र सुदूरपश्चिममा २७ लाख ११ हजार २ सय ७० जनसंख्या रहेको छ।
यस्तै हिमाली क्षेत्रको जनसंख्या १७ लाख ६८ हजार १ सय ८(६.९ प्रतिशत), पहाडमा १ करोड १७ लाख ४८ हजार ४ सय ४८ (४०.२५ प्रतिशत) र तराईमा १ करोड ५६ लाख ६५ हजार ८ सय २८ (५३.६६ प्रतिशत) रहेको छ ।



























