Prakash Adhikari January 26, 2022

विराटनगर(मोरड), १२ माघ। राष्ट्रिय सभामा रिक्त हुने सबै सदस्य पदहरु गठबन्धनमा सम्मिलित दलहरुले जित्ने र प्रतिपक्षी एमालेलाई स्वाद चखाउने सत्तारुढ दलको गठबन्धन प्रदेश १ मा असफल भएको छ ।

प्रदेश १ बाट गठबन्धनका साझा उम्मेद्वार हेमराज राईलाई पराजित गर्दै राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् ।

राष्ट्रियसभामा अल्पसंख्यक कोटाबाट उम्मेद्वार बन्नुभएका जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित हुनुभएको हो । अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका शेर्पाले ४ हजार ७ सय ५२ मतभार प्राप्त गर्नुभयो भने गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४ हजा ३ सय६८ मत ।

तीन अनुपस्थित
राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश १ को मतदानमा तीन जना अनुपस्थित भएका थिए। प्रदेशमा ९२ जना प्रदेश सांसद र २ सय ७२ स्थानीय पालिका प्रमुख उपप्रमुख मतदाता थिए । ती मध्ये ३ जना अनुपस्थित रहे ।

प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कास्यप अधिकारीका अनुसार २ सय ७० पालिका प्रमुख उपप्रमुख र ९१ सांसदले मतदान गरे।

मतदानमा अनुपस्थित हुनेमा विराटनगरकि उपमेयर इन्दिरा कार्की, झापाको गौरीगन्ज गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र प्रदेश सांसद गुलेफुन खातुन मतदानमा अनुपस्थित हुनुभयो ।

उपमेयर कार्की विरामी हुनहून्छ । खातुन फौजदारी मुद्दामा फरार हुनुहुन्छ भने श्रेष्ठ छोरीको विवाहका लागि काठमाडौंमा बस्नुभएको छ ।

प्रदेश १ बाट तीन पदका लागि आठ जना चुनावी मैदानमा हुनुहुन्छ । सत्तारूढ गठबन्धनबाट खुलातर्फ नेपाली काङ्ग्रेसका झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीबाट भोजपुरकी जयन्ती राई र अल्पसङ्ख्यक वा अपाङ्ग कोटामा जनता समाजवादी पार्टीका भोजपुरका हेमराज राई ।

नेकपा एमालेको तर्फबाट खुल्लातर्फ मोरङका गुरू बराल, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अल्पसङ्ख्यक कोटामा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा उम्मेदवार रहनुभएको छ । राप्रपाको तर्फबाट झापाका अमरबहादुर विष्टले खुला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी दिनुभएको छ ।

Share Now

Leave a comment.