बुटबल(रुपन्देही), १२ माघ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बुधबार सम्पन्न निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्।
निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी)की राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र नेपाली कांग्रेसका युवराज शर्मा विजयी हुनुभएको हो।
नेकपा एमालेले लुम्बिनीबाट भारती उपाध्याय खनाल, कृष्ण सुनार र रामदयाल गुप्तालाई उठाएको थियो। उहाँहरु तीनै जना पराजित हुनुभएको छ
यहाँ विजयी भएका सत्तारुढ गठबन्धनका प्रत्येक उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार र पराजित एमाले उम्मेदवारले ३ हजार ३ सय १२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतले जानकारी दिनुभएको छ।


















