Prakash Adhikari January 27, 2022

 

पोखरा(कास्की), १३ माघ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच भिडन्त हुने भएको छ।

खेल पोखरा रंगशालामा दिउँसो २ बजेपछि सुरु हुनेछ।

आजको खेलको विजेताले उपाधिका लागि शनिबार शसस्त्र प्रहरी बलको विभागीय टिम नेपाल एपीएफ फुटबल क्लबसँग खेल्नेछ।

मनाङले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । आर्मीले भने थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई ३–१ ले पराजित गर्दै सशस्त्र प्रहरी बलको विभागीय फुटबल क्लब(एपीएफ क्लब)१४ वर्षपछि उपाधि नजिक पुगेको छ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।

Share Now

Leave a comment.