पोखरा(कास्की), १५ माघ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल मनाड. मर्स्याड.दी र सशस्त्र प्रहरी बल फुटबल क्लब(एपीएफ)बीच भिडन्त हुने भएको छ ।
उपाधिको लागि मनाङको यो १२ औँ पटकको खेल हो भने एपीएफ पहिलो उपाधिको खोजीमा मैदान उत्रिएको छ।
मनाङले ६ पटक आहा रारा गोल्डकपको उपाधि जितिसकेको छ।
मनाङका प्रशिक्षक फुजा तोपेले शनिबारको खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रिने बताउनुभएको छ। उहाँले एपीएफ पनि पछिल्लो समय लयमा देखिएको उल्लेख गर्नुभएको छ।
एपीएफका प्रशिक्षक कुमार थापाले आफूहरुको तयारी राम्रो भएकाले उपाधि जित्ने सम्भावना बलियो रहेको दावी गर्नुभएको छ।
सेमिफाइनलमा एपीएफले मछिन्द्रलाई ३–१ ले तथा मनाङले त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन्।
प्रतियोगिताको फाइनल खेल दिउँसो १ बजेपछि सुरु हुनेछ। प्रतियोगितामा विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।


















