काठमाण्डौ,२५ फागुन । बामगठबन्धनका तर्फबाट प्रतिनिधिसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको मनोनयन दर्ता हुने प्रबल संभावना रहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता कृष्णबहादुर महरालाई सभामुख र वर्षमान पुनलाई पार्टीको जिम्मेवारी दिने मनशाय आफू निकटस्थ शीर्ष नेताहरुलाई व्यक्त गरेका छन् ।
बाम गठबन्धनमा एमालेसँगको भागबण्डामा सभामुख माओवादी केन्द्रको भागमा परेको छ।
एमालेसंग एकीकृत हुँदा र नहुँदा पनि पार्टीभित्रको पडक पनि कायम राख्न पर्ने र संसदलाई पनि आफ्नो नियन्त्रणमा राख्न विश्वासपात्र नै पठाउन पर्ने भएकोले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता बर्षामान पुनलाई सरकारमा नपठाउने संभावना बढेको छ । गृहमन्त्रीका लागि लालयित नेता पुन बादलले गृहमन्त्रालय पड्काएसंगै ऊर्जामा जान राजि भएका थिए ।
पार्टी अध्यक्ष प्रचण्डको लागि उनले ऊर्जा पनि सेक्रिस्फाई गर्नुपर्ने भएको छ ।
सरकारमा पठाउने मन्त्रीहरुको बारेमा भने माओवादीलाई पनि अहिले सञ्चो भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति र सभामुखको निर्वाचन सम्पन भएपछि मात्रै केपी ओली नेतृत्वको सरकार विस्तार गर्ने अभिव्यक्ति दिईसकेका छन् । सरकार गठनको लागि संघीय समाजवादी फोरमा र राष्ट्र्यि जनता पार्टीसंगको एमालेको वार्ता अझै निश्कर्षमा पुगेको छैन् ।
तर गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, जनार्दन शर्मामध्ये दुईजना सरकारमा जाने निश्चित जस्तै छ । अध्यक्ष प्रचण्ड पम्फा भुसाल, बिना मगर, अमनलाल मोदीलाई पनि सरकारमा पठाउन इच्छुक देखिएका छन् ।
माओवादी केन्द्रले गृह मन्त्रालयको जिम्मेवारीमा रामबहादुर थापा र उद्योग मन्त्रालयको जिम्मेवारीमा मातृकाप्रसाद यादवलाई मन्त्री बनाएर पठाइसकेको छ । भागबन्डाअनुसार अब माओवादीले पाँच मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ ।
सभामुख र मन्त्रीका विषयमा छलफल गर्न अध्यक्ष दाहालले शुक्रबार केन्द्रीय कार्यालय सचिवालयको बैठक बोलाएका छन्।