Prakash Adhikari January 30, 2022

डेभिड ब्राउन /बीबीसी न्यूज

(युक्रेन)१६ माघ । युक्रेनसँगको सीमानजिकै रुसले बख्तरबन्द गाडी र तोपसहित हातहतियार अनि हवाई सामर्थ्य देखिनेगरी झन्डै एक लाख सैनिक तैनाथ गरेको छ।

तर आक्रमणको योजना रहेको भन्ने विषय भने उसले अस्वीकार गर्दै आएको छ।

तस्बिर

अघि बढ्दै सेना
युक्रेननजिकै ३५,००० रुसी सैनिकलाई स्थायी रूपमा खटाइएको छ।

गत साता बुधवार रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको एउटा तस्बिरमा सेनाको टुकडी युक्रेनसँगको सीमानजिकै रहेको प्रशिक्षणस्थल रस्टोभ जाँदै गरेको देखिन्छ।

सेना

सेना

सेनाका पछिल्ला केही टुकडी रुसको सुदूरपूर्वी क्षेत्रबाट झन्डै ४,००० माइल यात्रा गरेर उक्त क्षेत्रमा आइपुगेका छन्।

सेना

सेना

धेरै अनुमानमा युक्रेन वरपर तैनाथ गरिएको सैनिकको सङ्ख्या झन्डै एक लाख पुगेको उल्लेख छ।

तर सीएनएनले प्रकाशन गरेको एउटा रिपोर्टमा एक युक्रेनी अनुमानअनुसार त्यहाँ स्थलसेनाका एक लाख ६,००० र जलसेना तथा वायुसेनाका थप २१,००० सैनिक छन्।

मङ्गलवार यूकेका प्रधानमन्त्री बोरिस जोनसनले भन्नुभएको थियो : ‘युक्रेनको सीमामा ६० रुसी लडाकु समूह छन् भन्ने स्पष्ट गोप्य सूचना छ।” यो कुल उपलब्ध सङ्ख्याको एकतिहाई हो।

रुसी सेनाबाहेक युक्रेनको लहेङ्क्स र दोनेत्सक क्षेत्रमा १५,००० रुसी पृथक्तावादी लडाकुहरू रहेको अनुमान गरिएको छ।

नक्सा

नक्सा
तर केही पश्चिमी विश्लेषकहरूका अनुसार रुसले स्थल आक्रमणका लागि आवश्यक सबै सरसामान भेला गरेको भन्ने स्पष्ट छैन।

उनीहरूले केही क्षेत्रमा पूर्ण जनशक्तियुक्त मोबाइल फील्ड अस्पतालहरू नभएको औँल्याएका छन्।

यद्यपि चिकित्सकीय टोलीको आगमनले आक्रमणको तयारीको सङ्केत गर्न सक्ने उनीहरू बताउँछन्।

तस्बिर

माथिबाट देखिने दृश्य
भूउपग्रहबाट खिचिएका तस्बिरहरूले थप सूचना दिन्छन्।

सेनाको उपस्थिति कहिलेकाहीँ टेन्टको रङ्गबाट पत्ता लगाउन सकिन्छ।

भरिएको टेन्टमा न्यानो हुने हुँदा तिनका छानामा हिउँ पग्लिएको हुन्छ र माथिबाट हेर्दा त्यो अलि अँध्यारो देखिन्छ।

तस्बिरसैन्य क्षमता भएका गाडीहरू तिनको आकारको आधारमा पहिचान गर्न सकिन्छ।

अनि जमिन वा माटोमा टायरको छापले सवारी साधनहरू चलेको सङ्केत गर्छ।

बेलारुसमा सैन्य उपस्थिति
केही हजार रुसी सेना संयुक्त सैन्य अभ्यासका लागि बेलारुस पुगेका छन्।

उक्त अभ्यास फेब्रुअरी १० देखि २० तारिखबीच उत्कर्षमा पुग्नेछ।

बेलारुसका नेता अलेक्सान्डर लुकासेन्कोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गर्नुहुन्छ।

युक्रेनको राजधानी किएभ बेलारुसको सीमाबाट १५० किलोमिटरभन्दा कम दूरीमा अवस्थित छ।

अलाइड रिजल्भ संयुक्त सैन्य अभ्यासले युक्रेनलक्षित अभ्यास गर्ने अवसर प्रदान गर्न सक्ने पश्चिमा पर्यवेक्षकहरू बताउँछन्।

 

 

अनलाइन पोस्ट गरिएका तस्बिरमा सैन्य क्षमता भएका गाडीहरू, बख्तरबन्द अनि रकेट सिस्टम सहितका सेनाका सरसामान उक्त क्षेत्रतर्फ लाँदै गरिएको देखिएको दाबी गरिएको छ।

रुसले हवाई प्रतिरक्षा प्रणाली, हातहतियार अनि चिकित्सकीय सहायतासहित आधुनिक एसयू-३५ लडाकु विमान बेलारुसमा तैनाथ गर्ने घोषणा गरेको छ।

लडाकु विमान

समुद्रमा सेना
रुसले आन्ध्रदेखि प्रशान्त महासागरसम्म विश्वभरि आफ्नो नौसेनाको अभ्यास गरिरहेको छ। यो महिना सुरु भएको उक्त अभ्यास फेब्रुअरीभरि जारी रहनेछ जसमा :

•१४० पानीजहाज र तिनलाई आधार दिने अन्य डुङ्गाहरू

•६० विमान

•अनि १०,००० अधिकारीहरू समाविष्ट छन्।

युद्धमा प्रयोग हुने मुख्य बख्तरबन्द राख्न सक्ने रुसी नौसेनाका ६ वटा पानीजहाज, सेना अनि सैन्य क्षमता भएका गाडीहरू इङ्ग्लिस च्यानल पार गर्दै अभ्यासका लागि भूमध्यसागरतर्फ जाँदैछन्।

तर ब्ल्याक सी र युक्रेनको तट पनि उनीहरूको लक्षित गन्तव्य हुन सक्ने वा नसक्ने विषय भने अस्पष्ट छ।

Share Now

Leave a comment.