Prakash Adhikari February 1, 2022

काठमाडौं, १८ माघ । स्थानीय तहको निर्वाचन जेठ ५ भित्रै गर्ने सरकारको तयारीसम्बन्धी समाचार सार्वजनिक भएसंगै मंगलबार शेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

मंगलबार १९.२९ अंकले बढेर २८९१.३४ बिन्दुमा पुगेको छ। जेठ ५ गतेभित्रै स्थानीय तहको चुनाव गर्न सरकारले तयारी थालेसँगै शेयर बजारमा पनि सुधार देखिएको हो।

यस दिन कारोबार रकम पनि बढेको छ। सोमबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार साढे ६ अर्ब बढीको शेयर कारोबार भएको हो।

यस दिन २ सय २३ कम्पनीक १ करोड २१ लाख ६७ हजार ६ सय ५ कित्ता शेयर खरिदबिक्रीबाट ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४ सय १८ रुपैयाँ कारोबार भएको छ ।

यस दिन हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको छ। अधिकाँश हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य बढ्दा उक्त उपसमूहको सूचक ३।२२ प्रतिशतले बढेको छ। यस नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका १३ उपसमूहमध्ये बैंकिड.,विकास बैंक, जलविद्युत, निर्जीबन बीमा, अन्य, लघुवित्त, म्युचुअल फण्ड र लगानी उपसमूहको सूचक सकारात्मक देखिएको छ ।
Sub-Indices Current Points Change %Change
Banking 1,841.10 5.3 0.29
Trading 3,061.00 16.3 0.53
Hotels&Tourism 3207.18 2.65 0.08
Dev Bank 5140.19 81.39 1.61
HydroPower 3,520.34 109.94 3.22
Finance 2,543.24 37.11 1.48
NonLife Insu. 13,202.55 91.86 0.7
Manu.& Pro. 7,381.67 13.08 0.18
Others 2,289.33 1 0.04
Microfinance 5,597.49 49.66 0.9
Life Insurance 16,419.43 15.61 0.1
Mutual Fund 16.16 0.24 1.5
Investment 97.41 0.11 0.11

मंगलबार ब्यापार, होटल र पर्यटन, उत्पादन र प्रशोधन तथा जीवन बीमा उपसमूहको सूचक नकारात्मक देखिएको छ।

मंगलबार विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बुद्धभुमि हाइड्रोपावरको ९.९९ प्रतिशत, नेश्नल हाइड्रोपावरको ७.५० प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको ७.२५ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ५.९५ प्रतिशत र मैलुङ खोला जलविद्युतको ५.५२ प्रतिशत, साहस ऊर्जाको ५.४४ प्रतिशत, अरुणभ्याली हाइड्रोपावरको ५.४३ प्रतिशतले ,युनियन हाइड्रो पावरको ४.८७ प्रतिशतले र हिमाल दोलखा हाइड्रो पावरको ४ं६३ प्रतिशतले शेयर मूल्य बढेको छ।
Symbol LTP Point Change % Change
As of 2022-02-01 15:00:00
WNLB 1781.10161.90 10.00
BNHC 678.00 61.60 9.99
NHPC 417.10 29.10 7.50
FOWAD 2560.00 173.00 7.25
UMRH 645.00 36.20 5.95
MKJC 612.00 32.00 5.52
SAHAS 660.00 34.10 5.45
AHPC 563.00 29.00 5.43
UNHPL 409.00 19.00 4.87
HDHPC 361.00 16.00 4.64

यस्तै, नेरुडे लघुवित्तको ३.१७ प्रतिशतले, मेरो माइक्रोफाइनान्सको २.२८ प्रतिशत, सिभिल लघुवित्तको २.१२ प्रतिशत, अजोड इन्स्योरेन्सको २.०४ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको २ प्रतिशतले घटेको छ। त्यस्तै सिद्धार्थ ब्लु चिप फण्डको १.५ प्रतिशतले, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को १.३ प्रतिशतले, सनराईज ब्लु चिप फण्डको १.५९ प्रतिशतले, बोटलर्स नेपाल तराईको १.३१ प्रतिशतले, नबिल इक्विटी फण्डको १.१६ प्रतिशतले र एनआईसी सेलेक्ट फण्डको १.०६ प्रतिशतले शेयर मूल्य घटेको छ ।
Top Losers
Symbol LTP % Change
As of 2022-02-01 15:00:00
NLBBL 1,220.00 -3.1746
MERO 1,200.00 -2.28013
CLBSL 1,106.00 -2.12389
AIL 768.00 -2.04082
GILB 1,741.50 -1.99775
SBCF 9.24 -1.59744
SIGS2 11.50 -1.37221
BNT 14,696.00 -1.31614
NEF 11.00 -1.16801
NICSF 9.25 -1.06952
View All

कारोबारमा मंगलबार जलविद्युत कम्पनीहरुको कारोबार बढी देखिएको छ । नेश्नल हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३९ करोड १ लाख रुपैयाँ बराबरको , अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १४ लाख, अपि पावरको ३५ करोड ७ लाख, अप्पर तामाकोशीको ३४ करोड, जलविद्युत लगानी तथा विकास कम्पनीको ३० करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै अरुणकाबेली पावर लिमिटेडको २३ करोड ९९ लाखको, आईएमई जनरल इन्स्योरेन्सको २० करोड ४ लाखको, फरवार्डको १७ करोड ६७ लाखको, जीवन विकास लघुवित्तको १२ करोेड ७९ लाखको, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ९ करोड ३४ लाखको कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2022-02-01 15:00:00
NHPC 390,141,701.60 417.10
AHPC 371,445,566.20 563.00
API 350,795,779.50 551.00
UPPER 340,027,219.90 766.00
HIDCL 300,484,395.00 358.50
AKPL 239,982,000.10 600.00
IGI 200,407,642.70 1,170.00
FOWAD 176,760,762.70 2,560.00
JBLB 127,979,385.60 4,866.00
NLIC 93,459,940.20 1,670.00
View All

Share Now

Leave a comment.