Prakash Adhikari February 3, 2022

 

काठमाडौं, २० माघ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा कार्यरत तीन वटा कर्मचारी युनियनहरुले संस्थाको हितविपरितका कामकारबाहीमा संलग्न भएको भन्दै महाप्रबन्धक डिमप्रकाश पौडेलसहित तीन सञ्चालकहरुलाई बर्खास्त गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेसमक्ष ज्ञापन पत्र दिएका छन् ।

निगममा कार्यरत ने.रा.क.सं. ने.वा.निका अध्यक्ष राजु श्रेष्ठ, ने.बा.नि.कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवर, ने.बा.नि. कर्मचारी युनियनका अध्यक्ष सुबास डाँगीद्धारा हस्ताक्षरित ४ बुँदे ज्ञापन पत्रमा निगमलाई निजीकरण गर्ने निर्णय खारेज गर्ने,उक्त प्रक्रियामा संलग्न महाप्रबन्धक डिमप्रकाश पौडेललाई बर्खास्त गर्ने तथा निगमको व्यापारिक स्वार्थ बाझिने गरि नियुक्त भएका सञ्चालकहरुलाई बर्खास्त गर्ने माग राखेर संयुक्त ट्रेड युनियन संघर्ष समितिद्धारा १ सय ४ दिनसम्म निरन्तर आन्दोलन गर्दै आएको स्मरण गराइएको छ ।

संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलन जारी रहेकै बेलामा महाप्रबन्धक पौडेल र सञ्चालक द्धय फुर्वाग्याल्जेन शेर्पा र इश्वरी पौडेलले निगम र निगमका कर्मचारीको हितविपरीत मिडियाबाजी गरेकोले तत्काल बर्खास्त गर्न माग गरिएको छ ।

No description available.

निगमका तीन वटा ट्रेड युनियनहरुले महाप्रबन्धक पौडेल र सञ्चालक द्धय शेर्पा तथा पौडेलविरुद्ध लगाएका आरोपहरु यस्ता छन् :

१) २०७८ पौष १३ गतेदेखि दोहामा ग्राउण्डेड भएको निगमको जहाजको इन्जिन तत्काल बनाउनुपर्ने निर्णय गर्नुपर्नेमा तीन बोर्ड सदस्यहरुले उक्त इन्जिन मर्मत गर्ने विषयमा हुने निर्णयलार्ई खलल पुग्ने गरी वक्तव्य जारी गरेकोले ।

Three directors of the corporation protested for not sitting in the meeting - Himal Sanchar

२) नेपाल सरकारले नेपाल वायुसेवा निगमलाई हाल सरकारी स्वामित्वमा नै सञ्चालन गर्ने निर्णय गरिसकेको अवस्थामा निज बोर्ड सदस्यहरुले फेरि कम्पनीकरण निजीकरण गर्नुपर्दछ भन्दै नेपाल सरकारको निर्णय र योजनाविरुद्ध कार्य गरेकोले ।

३) चिनिया जहाजको प्रभावकारी ढंगले सञ्चालन गरी आन्तरिक उडानमा अन्य जहाज खरिद भै नआएसम्म सञ्चालन गर्नको लागि छलफल अगडि बढिरहेको अवस्थामा उक्त जहाजहरु सञ्चालनमा ल्याउने विषयमा छलफल नै हुन सक्दैन भनेर विज्ञप्ति जारी गरेकोले ।

४) निगमको सञ्चालक समितिमा प्रस्तावित भएका अति गोप्य प्रस्तावहरु उक्त समितिमा छलफल हुँदै गर्दा सार्वजनिक सञ्चारमाध्यममा सम्प्रेषण गर्दै नियम विपरित कार्य गरेकोले ।

Share Now

Leave a comment.