Prakash Adhikari February 3, 2022

काठमाडौं, २० माघ । नेपाल उद्योग परिसंघले नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न, बेलायती लगानी बढाउने वातावरण सिर्जना गर्न र विकासशील राष्ट्रमा नेपालको स्तरोन्नति पछि बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको वातावरण सिर्जना गर्न बेलायतकालागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग अनुरोध गरेको छ ।

बेलायतकालागि नेपाली राजदूत नियुक्त हुनुभएका आचार्यसँगको छलफलमा परिसंघले नेपालको पूर्वाधार क्षेत्रमा लगानीको ठूलो आवश्यकता रहेको भन्दै त्यसतर्फ बेलायती लगानीकर्ता आकर्षित गर्न पहल गर्नुपर्नेमा जोड दिएको हो ।

छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतिपछि नेपालले पाइरहेको व्यापार सुविधा कटौती हुनसक्ने भन्दै त्यसको निरन्तरताकालागि पहल गर्न राजदूत आचार्यसँग आग्रह गर्नुभयो । उहाँले बेलायती पर्यटकका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तव्य हुनसक्ने भएकाले पर्यटन प्रवद्र्धनमा काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

‘नेपाल र बेलायतबीच सीधा हवाई सम्पर्क स्थापित गदा त्यसले पर्यटन प्रवद्र्धन र नेपाली वस्तुको निर्यातमा योगदान दिन सक्छ,’ उहाँले भन्नुभयो, ‘नेपाललाई शैक्षिकगन्तव्यको रूपमापनिविकास गर्न सकिन्छ, हामीसँगत्यसको पर्याप्त संभावना छ ।’
छलफलमा नवनियुक्त राजदूत आचार्यले नेपालमा उत्पादन हुने वस्तुहरूको बेलायती बजारमा प्रवद्र्धनकालागि आफूले काम गर्ने बताउनुभयो ।

उहाँले बेलायतमा नेपाली गलैँचा, हस्तकला, तयारी पोशाक, चिया, कफी जस्ता वस्तुको अधिक संभावना रहेको र नेपाली वस्तुहरूमाथि बेलायती नागरिकको विश्वास पनि रहेकाले त्यस्ता वस्तुको निर्यात प्रवद्र्धनमा निजी क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गर्नुभयो ।

बेलायतले नेपाल जस्ता देशहरूमा आर्थिक÷सामाजिक विकासकालागि अनुदान काकार्यक्रम अघि बढाइरहेको भन्दै उहाँले पूर्वाधार विकासमा त्यो उपयुक्त हुने बताउनुभयो ।

राजदूत आचार्यले नेपाल उद्योग परिसंघले आयोजना गर्ने पूर्वाधार सम्मेलनमा बेलायती लगानीकर्ता सहभागी गराउन पहल गर्ने पनिउल्लेख गर्नुभयो ।

‘दुई देशबीचको आर्थिक सम्बन्धलाई थप बलियो बनाउन राजनीतिक तहमा नै संयन्त्र विकास गरी काम गर्ने सोच अघि बढाएका छौँ,’ उहाँले भन्नुभयो, ‘
त्यसमार्फत पनिदुई देशबीचको आर्थिक कुटनीति बलियो बनाउने र नेपालमा लगानी बढाउन तथा नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न सकिन्छ ।’ नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको र यो सम्बन्धलाई नेपालको आर्थिक विकासमाउपयोग गर्ने गरी आफूले रणनीति तयार गर्ने उहाँको भनाइ छ ।

छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालको जलविद्युत, खनिज, पर्यटन, शिक्षा र स्वास्थ्य गरी पाँचवटा क्षेत्र बेलायती लगानीकर्ताका लागि आकर्षक क्षेत्र हुन सक्ने औँल्याउनुभयो । नेपालमा उत्पादन हुने वस्तुलाई भारतमा भन्सार छुट सुविधासहित निर्यात गर्न सकिने भएकाले लगानीकर्ताले बजारको चिन्तालिनु नपर्ने उहाँको भनाइ छ ।

यसैगरी परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य, गलैँचा उत्पादक संघका महासचिव अशोक अग्रवालएवं गलैँचा निर्यातकर्ता राहुल शाक्य र तयारी पोशाक उत्पादक एवं निर्यातकर्ता बलराम गुरुङले नेपाली उत्पादन प्रवद्र्धनकालागि बेलायतस्थित दूतावासमा प्रदर्शनी केन्द्र स्थापना गर्न आग्रह गर्नुभयो । उहाँहरूले बेलायतमा नेपाली उत्पादन प्रवद्र्धनकालागि वार्षिक कार्यक्रम नै तय गरी व्यापार मेला आयोजना गर्न पनि सुझाव दिनुभयो ।

बेलायती उद्योगी र नेपाली उद्योगीबीच आपसी सम्बन्ध स्थापित गराउन दूतावासले पहल गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

Share Now

Leave a comment.