Prakash Adhikari February 5, 2022

 

काठमाडौं, २२ माघ । नेपाली कांग्रेसको नवगठिन केन्द्रीय कार्य सम्पादन समितिको पहिलो बैठक २७ माघका दिन दिउँसो २ बजे बस्ने भएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार बैठक नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बी पी स्मृति भवन,सानेपा,ललितपुरमा बस्ने छ ।

बैठकमा म्याद समाप्त भएका भातृ तथा शुभेच्छुक संस्थाहरुको नेतृत्व चयन र अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुको अधिवेशन सम्पन्न गर्ने सम्बन्धमा छलफल गरी निर्णय हुने बताइएको छ ।

Image

Share Now

Leave a comment.