काठमाडौं, २४ माघ । कोरोना संक्रमण नियन्त्रणका लागि भनेर काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा लगाइएको जोर–बिजोर नियम आज (सोमबार)देखि हटाइएको छ।
आजदेखि सार्वजनिक र निजी दुवै खाले सवारी साधनमा जोर–बिजोर नम्बरवाला गाडी एकै दिन चलाउन पाइन्छ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसअनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) प्रशासन कार्यालयले आइतबार मध्यरातिदेखि लागू हुनेगरी सवारीसाधानमा जोर–बिजोर नियम हटाएका हुन्।
्
कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका जिल्ला प्रशासनले उपत्यकामा चल्ने सवारी साधनमा जोर बार जोर नम्बरका र बिजोर बार बिजोर नम्बरका गाडी चलाउन पाउने नियम सार्वजनिक गरेका थिए ।
संक्रमण केही मत्थर भएपछि ठूला सार्वजनिक सवारी साधन(बस,मिनीबस,माइक्रोबस)मा जोर बिजोर हटाए पनि ट्याक्सी र निजी सवारी साधनमा भने जोर बिजोर नियम कायम थियो ।


















