Prakash Adhikari February 7, 2022

 

काठमाडौं, २४ माघ । नेपालको शेयर बजारमा सोमबार दोहोरो अंकको बृद्धि भएको छ ।

सोमबार शेयर बजारको परिसूचक नेप्से १५.६९ अंकले बढेर २८५१ अंकमा पुगेको छ । यस दिन ५ अर्ब २ करोड रुपैयाँको कारोबार भयो । यस दिन २ सय २४ कम्पनीको ९५ लाख १२ हजार ५ सय ८० कित्ता शेयरको खरिद बिक्री भएको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका १३ उपसमूह मध्ये तीन उपसमूहहरुको परिसूचक घटेको छ र यस दिन बैंकिङ ३, होटल तथा पर्यटन ४ र माइक्रोफाइनान्स उपसमूह ४ अंकले घटे । बाँकी १० समूहमा विकास बैंक २६, फाइनान्स ८, जलविद्युत् ६, लगानी २, जीवन बीमा १२४, उत्पादन ३४, निर्जीवन बीमा ७६, अन्य ५४ र व्यापार उपसमूह ७ अंकले बढेका छन् ।

Sub-Indices Current Points Change %Change
Banking 1,812.12 3.78 0.21
Trading 2,995.22 7.51 0.25
Hotels And Tourism 3,149.52 4.27 0.14
Development Bank 5,012.15 26.15 0.52
HydroPower 3,493.69 6.91 0.2
Finance 2,456.86 8.92 0.36
Non Life Insurance 13,165.76 76.5 0.58
Manu.& Pro. 7,277.19 34.87 0.48
Others 2,302.15 54.12 2.41
Microfinance 5,456.50 4.39 0.08
Life Insurance 15,807.12 124.96 0.8
Mutual Fund 16.04 0.05 0.29
Investment 98.49 2.92 3.06

कुल १०५ कम्पनीको मूल्य बढ्यो भने ७० को घट्यो । १५ कम्पनीको मूल्य स्थिर रह्यो ।

सोमबार शेयर मूल्य बढ्ने कम्पनीहरुमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को मूलय सबैभन्दा धेरै बढ्यो । सो कम्पनीको मूल्य ८.४ प्रतिशतले बढेर प्रतिकित्ता ४१२ रुपैयाँ पुगेको छ । छ्यांदी हाइड्रोको मूल्य ६.८ प्रतिशतले बढ्यो । त्यस्तै यस दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर मूल्य ५.५५ प्रतिशतले, सानिमा लाईफ इन्स्योरेन्सको ५.०४ प्रतिशतले, नेशनल हाइड्रो पावर कम्पनीको ४.६६ प्रतिशतले, बोटलर्स नेपाल तराईको ४.६१ प्रतिशतले, नेपाल हाइड्रो डेभलपमेण्ट कम्पनीको ३.९१ प्रतिशतले र ज्योति लाईफ इन्स्योरेन्सको ३.८५ प्रतिशतले बढ्न गएको छ ।

Top Gainers

Symbol LTP % Change
As of 2022-02-07 15:00:00
NIFRA 410.10 8.42
CHL 524.00 6.83
RBCLPO 16,999.00 5.55
SLI 602.00 5.04
NHPC 431.20 4.66
BNT 14,950.00 4.61
NHDL 599.00 4.17
HIDCL 350.10 3.92
UMRH 665.00 3.91
JLI 675.00 3.85
View All

यस दिन बुद्धभूमि हाइड्रोपावरको ४.५७ प्रतिशतले, सपोर्ट माइक्रो फाइनान्सको १९४५मा, साहस ऊर्जाको २.६४ प्रतिशतले, विन नेपाल लघुवित्तको २.४६ प्रतिशतले, नेपाल लाईफ इन्स्योरेन्सको २.३९ प्रतिशतले, सीइबीडी हाइड्रो पावर डेभलपमेण्ट कम्पनीको २.०५ प्रतिशतले, महिला सामुदायिक लघुवित्त विकास बैंकको १.९८ प्रतिशतले, सिटिजन्स म्युचुअल फण्डको १.९७ प्रतिशतले, सामुदायिक लघुवित्त वित्तीय संस्थाको १.९६ प्रतिशतले र प्राइम डिबेञ्चरको १.९६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Top Losers

Symbol LTP % Change
As of 2022-02-07 15:00:00
BNHC 668.00 -4.57
SMB 1,945.00 -3.71
SAHAS 701.00 -2.64
WNLB 1,720.00 -2.46
NLIC 1,470.00 -2.39
CHDC 1,053.00 -2.05
MLBBL 1,733.00 -1.98
CMF1 9.93 -1.97
SLBSL 1,353.00 -1.96
PBD85 900.00 -1.96
View All

कारोबार रकमका आधारमा यस दिन निफ्रा सबैभन्दा अगाडि रह्यो । सो कम्पनीको ४९ करोड रुपैयाँ बराबरको कारोबार भयो । यस दिन नेसनल हाइड्रो २७ करोड ६६ लाखको, अरुणभ्यालीको २५ करोड १६लाखको, नेपाल टेलिकम कम्पनीको २४ करोड ४८ लाखको, नेपाल लाईफ इन्स्योरेन्सको २३ करोड २३ लाखको, जलविद्युत लगानी तथा विकास कम्पनीको २१ करोड ४४ लाखको, अपि पावरको १७ करोड ६० लाखको, अपर तामाकोशीको १३ करोड ४५ लाखको र नेशनल हाइड्रो डेभलपमेन्ट कम्पनीको ११ करोड ३५ लाखको शेयर कारोबार भएको छ ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-02-07 15:00:00
NIFRA 493,449,839.80 410.10
NHPC 276,625,295.00 431.20
AHPC 251,664,732.80 590.50
NTC 244,850,831.80 1,590.00
NLIC 233,012,403.20 1,470.00
HIDCL 214,438,632.30 350.10
API 176,025,403.70 544.00
UPPER 134,586,162.20 747.00
NHDL 113,521,264.20 599.00
AKPL 106,841,027.30 578.90
View All

 

Share Now

Leave a comment.