काठमाडौं, २५ माघ । नेपाली कांग्रेस भक्तपुरका नेता, पूर्व महासमिति सदस्य एवं देशान्तर साप्ताहिकका प्रधान सम्पादक कविर राणालाई मातृ शोक परेको छ ।
उहाँकी ममतामयी माता ८३ वर्षीया मीनकुमारी राणाको माघ १५ गते निधन भएको थियो ।
सम्पादक राणाकी माताको निधनमा नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा मंंगलबार जारी शोक वक्तव्यमा स्वर्गीय राणाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्ले गर्दै उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख छ ।
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।


















