Prakash Adhikari February 8, 2022

काठमाडौं, २५ माघ । साताको तेस्रो दिन नेपालको शेयर बजार ओरालो यात्रामा देखिएको छ । मंगलबार नेप्से परिसूचक १६.३० अंकले घटेर २८३५.५८ विन्दुमा अडिएको छ ।

यस दिन कारोबार भने ६ अर्ब २८ करोड रुपैयाँ भन्दाबढीको भएको छ ।

यस दिन २ सय ३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७ सय ५१ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९ सय ८५ रुपैयाको कारोबार भएको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएर वर्गीकरण भएका १३ समूह मध्ये ५ समूहको उपसूचक अघिल्लो कारोबार दिनको भन्दा बढेको छ भने ८ समूहको घटेको छ ।

शेयर उपसूचक बढ्ने समूहमा ब्यापार, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन,निर्जीवन बीमा र म्युचुअल फण्ड छन् ।

त्यस्तै उपसूचक घट्ने समूहमा बैंकिड.,बिकास बैंक, जलविद्युत, फाइनान्स, अन्य,माइक्रोफाइनान्स,जीवन बीमा,हाइड्रो पावर रहेका छन् ।

Sub-Indices Current Points Change %Change
Banking 1,805.65 6.47 0.36
Trading 2,997.91 2.68 0.09
Hotels And Tourism 3,172.24 3.74 0.12
Development Bank 4,959.91 51.21 1.02
HydroPower 3,440.05 53.65 1.54
Finance 2,447.66 9.2 0.37
Non Life Insurance 13,225.12 56.22 0.43
Manu.& Pro. 7,304.73 27.54 0.38
Others 2,300.05 2.1 0.09
Microfinance 5,421.12 35.37 0.65
Life Insurance 15,638.58 168.54 1.07
Mutual Fund 16.11 0.08 0.47
Investment 96.98 1.52 1.54

यस दिन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरको ६.१५ प्रतिशतले, नेपाल इन्स्योरेन्स कम्पनीको ३.८३ प्रतिशतले, बुद्धभूमि हाइड्रोपावर कम्पनीको ३.४४ प्रतिशतले, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको २.९९ प्रतिशतले, विन नेपाल लघुवित्तको २.५६ प्रतिशतले एनएमबी हाइब्रिड फण्डको २.२७ प्रतिशतले,समृद्धि फाइनान्स कम्पनीको २.२६ प्रतिशतले, युनिलिभरको २ प्रतिशतले ,आइसीएफसी डिबेञ्चरको १.९३ प्रतिशतले र सेन्ट्रल फाइनान्स कम्पनीको १.८५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

Top Gainers

Symbol LTP % Change
As of 2022-02-08 15:00:00
EICPO 481.90 6.15
NICL 920.00 3.83
BNHC 734.80 3.44
RBCL 18,925.00 2.99
WNLB 1,764.00 2.56
NMBHF1 12.18 2.27
SFCL 408.00 2.26
UNL 19,382.00 2.00
ICFCD83 1,111.00 1.93
CFCL 495.00 1.85
View All

यस दिन लिबर्टी इनर्जीको ६.२७ प्रतिशतले,नेपाल हाइड्रो डेभलपर कम्पनीको ५.१८ प्रतिशतले,बोटलर्स नेपाल तराईको ३.९५ प्रतिशतले,युनिभर्सल पाव कम्पनी लिमिटेड ३.६३ प्रतिशतले, तेह््रथुम पावरको ३.२५ प्रतिशतले, अपर तामाकोशीको ३.०९ प्रतिशतले, हिमालयन पावर पार्टनरको २.९० प्रतिशतले, जलविद्युत लगानी तथा विकास कम्पनीको २.८८ प्रतिशतले, हिमाल दोलखा हाइड्रो पावर कम्पनीको २.८२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Top Losers

Symbol LTP % Change
As of 2022-02-08 15:00:00
LEC 389.00 -6.27
NHDL 568.00 -5.18
BNT 14,359.00 -3.95
UPCL 395.10 -3.63
TPC 592.10 -3.25
UPPER 723.90 -3.09
HPPL 496.20 -2.90
HIDCL 340.00 -2.88
CHL 509.00 -2.86
HDHPC 345.00 -2.82

यस दिन कारोबारको हिसाबमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । मंगलबार अरुण भ्यालीको ३५ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस्तै यस दिन अपि पावरको ३३ करोड २ लाख, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३२ करोड ३३ लाखको अपर तामाकोशीको ३२ करोडको, जलविद्युत लगानी तथा विकास कम्पनीको ३० करोड १२ लाखको, नेशनल हाइड्रो पावरको २१ करोड १४ लाखको , नेपाल इन्स्योरेन्स कम्पनीको १६ लाख १ करोडको, नेपाल दूरसञ्चार कम्पनीको १३ करोड ४४ लाखको, अरुण काबेल िपावरको ११ करोड ३४ लाखको सानिमामाई हाइड्रो पावरको १० करोड ७९ लाख रुपैयाको शेयर कारोबार भएको छ ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-02-08 15:00:00
AHPC 358,512,432.90 574.00
API 330,280,959.80 531.00
NIFRA 323,301,086.90 405.00
UPPER 320,800,598.50 723.90
HIDCL 301,251,352.00 340.00
NHPC 211,423,025.90 424.00
NICL 160,168,824.40 920.00
NTC 134,474,285.20 1,590.00
AKPL 113,443,095.30 573.00
SHPC 107,922,124.00 455.00
View All

यस दिन बजार खुलेपछि नेप्से सूचक आकर्षक हिसाबले वृद्धि हुँदै २९२१ विन्दु आसपाससम्म पुगेको थियो । पछि बिक्रेताहरु हावी हुँदा आपूर्ति बढी भएर शेयर मूल्य ओरालो लाग्न थाल्यो ।

 

 

Share Now

Leave a comment.