काठमाडौं, २७ माघ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पदाधिकारी बैठक बस्दै छ ।
पार्टीका महामन्त्री भुवन पाठकका अनुसार धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो बैठकमा पार्टीलाई सम्भावित विभाजनबाट कजोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल हुनेछ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुने छ । बैठकमा देशभर पार्टीले राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी कार्ययोजनामा समेत छलफल हुने छ ।
पार्टीमा अध्यक्षसहित निर्वाचित सात तथा मनोनीत २४ गरी ३१ पदाधिकारी छन्। पूर्वअध्यक्ष कमल थापाले मङ्गलबार पार्टी परित्याग गरेपछिपार्टीमा थप क्षति हुन नदिने अध्यक्ष राजेन्द्र लिङ्देनको रणनीति छ ।


















