Prakash Adhikari February 10, 2022

काठमाडौँ, २७ माघ । सत्ता गठबन्धनका तीन शीर्ष नेताहरूबीच अमेरिकन सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा छलफल भएको छ ।

वार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको थियो ।

प्रधानमन्त्री देउवा संसदको यसैअधिवेशनमा आफूले अमेरिकालाई दिएको समय सीमाभित्र संसदबाट एमसीसी संझौता अनुमोदन गर्ने मनस्थितिमा हुनुहुन्छ । तर अमेरिकाको नाम सुन्न नचाहने कम्युनिष्ट कार्यकर्ताको दवावका कारण माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृृत समाजवादीका अध्यक्ष नेपालले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने बताउदै आउनुभएको छ ।

तर सत्ताको साझेदार रहेको नेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासंगै अमेरिकालाई यसमा सहमति जुटाउन ४ देखि ५ महिनाको समय चाहिनछ भनेर पठाएको संयुक्त पत्र सार्वजनि भएपछि प्रचण्ड दवावमा पर्नुभएको छ ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले यसअघि सामुहिकरुपमा एमसीसीलाई पत्राचार गर्दै आगामी माघ १६ गते (फेब्रुअरी २८ भित्र) संसद्‌बाट एमसीसी अनुमोदन गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

बिहीबार बिहानमात्रै माओवादी अध्यक्ष दाहालले कांग्रेस नेता शेखर कोइरालासँगको भेटमा एमसीसी सम्झौता तत्काल संसद्‌मा प्रवेश नगराउने गरी प्रधानमन्त्रीसँग छलफल भइरहेको बताउनुभएको थियो ।

तर एमसीसीका कार्यान्वयन तर्फका उपाध्यक्ष फतिमा सुमारले नेपाली सञ्चार माध्यमहरुसंगको अन्तर्वार्तामा समय थप गर्न नसकिने आशय व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसंग सहमति कायम गर्न र निर्धारित समय सीमाभित्रै संसदबाट एमसीसी पारित गर्न कसरत गर्नुभएको छ । यसका लागि उहाँले प्रमुख प्रतिपक्षी दलका नेता के.पी.शर्मा ओलीसंग उहाँको निवास पुगेर संसदको अवरोध खुलाउन र एमसीसी पारित गर्न सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।

केही दिन पहिले उहाँले बालुवाटारमा नेकपा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग सांमूहिक वार्तामा पनि एमसीसी पारित गर्ने वातावरण मिलाउन अनुरोध गर्नुभएको थियो ।

 

Share Now

Leave a comment.