Prakash Adhikari February 10, 2022

काठमाडौं, २७ माघ । साताको अन्तिम कारोबार दिन पनि नेपालको शेयर बजार घटेको छ ।

यस दिन नेप्से परिसूचक ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा आएर अडिएको छ । यो बुधबारको तुलनामा ०.४३ प्रतिशतले कमी हो ।

यस दिन २ सय २७ कम्पनीको ६९ लाख ५० हजार भन्दाबढी कित्ता शेयरको खरिदबिक्रीबाट ३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बिहिबार नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत भई वर्गीकरणमा परेको १३ समूह मध्ये ३ वटा समूहको सूचक वृद्धि भएको छ । जसमा व्यापार समूहको उपसूचक १.५७ प्रतिशतले, अन्यको ०.५४ प्रतिशतले र सामूहिक लगानी कोषको ०.०३ प्रतिशतले बढेको छ ।

Sub-Indices Current Points Change %Change
Banking 1,782.60 10.79 0.6
Trading 3,005.11 46.46 1.57
Hotels And Tourism 3,150.08 19.72 0.62
Development Bank 4,884.74 28.91 0.59
HydroPower 3,380.42 27.76 0.81
Finance 2,410.06 12.75 0.53
Non Life Insurance 12,945.95 81.07 0.62
Manu.& Pro. 7,281.34 1.29 0.02
Others 2,308.89 12.51 0.54
Microfinance 5,334.21 37.25 0.69
Life Insurance 15,475.95 13.37 0.09
Mutual Fund 16.00 0 0.03
Investment 95.53 0.56 0.58

अन्य १० समूहको उपसूचक घटेका छन् । यसरी घट्नेमा बैकिड.को ०.६ प्रतिशतले,होटल तथा पर्यटन ०.६२ प्रतिशतले, विकास बैंक समूह ०.५९ प्रतिशतले, जलविद्युत समूह ०.८१ प्रतिशतले, फाइनान्स समूह ०.५३ प्रतिशतले, निजीवन बीमा ०.६२ प्रतिशतले, लघुवित्तको ०.६९ प्रतिशतले, जीवन बीमाको ०.०९ प्रतिशतले र लगानीको ०.५८ प्रतिशतले घटेको छ ।

 

 

Top Gainers

Symbol LTP % Change
As of 2022-02-10 15:00:00
EICPO 489.90 5.33
NEF 11.15 2.76
SINDU 423.10 2.20
RBCLPO 16,885.00 2.10
KEF 9.39 2.07
STC 6,535.00 2.06
NMB50 13.36 2.06
ICFC 712.00 2.01
NTC 1,624.80 1.56
UMRH 660.00 1.54
View All

यस दिन घटेको बजारमा पनि एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक ५.३३ प्रतिशतले,नबिल इक्विटी फण्डको २.७६ प्रतिशतले,सिन्धु विकास बैंकको २.२० प्रतिशतले, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर २.१० प्रतिशतले, कुमारी इक्वीटी फण्डको २.०७ प्रतिशतले,साल्ट ट्रेडिड.कर्पोरेशनको २.०६ प्रतिशतले, एनएमबी ५० को २.०६ प्रतिशतले,आइसीएफसीको २.०१ प्रतिशतले,नेपाल दूरसञ्चार कम्पनीको १.५६ प्रतिशतले र युनाइटेड इदी मर्दी हाइड्रो पावरको १.५४प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

Top Losers

Symbol LTP % Change
As of 2022-02-10 15:00:00
MLBBL 1,656.00 -4.00
NLBBL 1,181.00 -3.20
GIMES1 11.81 -3.20
NFS 688.00 -3.10
BNHC 665.00 -3.06
SFCL 390.10 -2.96
NHDL 533.00 -2.91
MKLB 1,378.00 -2.89
SIC 1,345.10 -2.88
CORBL 573.00 -2.88
View All

बिहिवार अघिक मूल्य घट्ने कम्पनीहरुमा मिथिला लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशतले, नेरुडे लघुवित्तको ३.२ प्रतिशतले, नेपाल फाइनान्सको ३.१ प्रतिशतले,बुद्धभूमि हाइड्रोपावरको ३.०६ प्रतिशतले, समृद्धि फाइनान्स कम्पनीले २.९६ प्रतिशतले, नेशनल हाइड्रो डेभलपर कम्पनीको २.९१ प्रतिशतले, मनकामना स्मार्ट लघुवित्तको २.८९ प्रतिशतले, सगरमाथा इन्स्योरेन्सको २.८८ र कर्पोरेट विकास बैंकको २.८८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

यस दिन अधिक शेयरको कारोबार हुने कम्पनीहरुमा नेपाल दूरसञ्चार कम्पनीको २५ करोड ४८ लाख, नेशनल हाइड्रो पावर कम्पनीको २२ करोड ४० लाखको, आइएमई जनरल इन्स्योरेन्सको १९ करोड ८१ लाखको, अरुण भ्याली हाइड्रो पावर कम्पनीको १६ करोड २६ लाखको, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १५ करोड ७१ लाखको, अपि पावरको १४ करोड ६६ लाखको, जलविद्युत लगानी तथा विकास कम्पनीको १३ करोड ९६ लाखको,अपर तामाकोशीको १३ करोड ७० लाखको, नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको १२ करोड ९९ लाखको र शिभम् सिमेण्टको ८ करोड १५ लाखको शेयर खरिदबिक्री भएको छ ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-02-10 15:00:00
NTC 254,839,564.50 1,624.80
NHPC 224,015,459.20 431.00
IGI 198,187,146.60 1,107.00
AHPC 162,638,954.70 575.00
NLIC 157,160,229.60 1,415.00
API 146,642,648.80 525.00
HIDCL 137,617,821.20 335.00
UPPER 137,013,457.60 705.00
NIFRA 129,906,070.90 392.00
SHIVM 81,523,761.80 1,506.20
View All

Share Now

Leave a comment.