Prakash Adhikari February 13, 2022

 

यस दिन २ सय २७ कम्पनीको १ करोड १६ लाख ६१ हजारभन्दा बढी कित्ताको शेयर खरिदबिक्रीबाट ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७ सय ३८ रुपैयाको कारोबार भएको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका १३ वटै समूहका उपपरिसूचकहरु घटेका छन्।

साताको पहिलो दिन घटेको बजारमा पनि एनआईबी समृद्धि फण्ड २, सनराईज ब्लुचिप फण्ड,नबिल ब्यालेन्स फण्ड,मेगा म्युचुअल फण्ड, लक्ष्मी उन्नति कोषका शेयरहरुको मूल्य झिनो अंके बढेका छन्।

यस दिन शेयर मूल्य अधिक घट्ने कम्पनीहरुमा अपर तामाकोशी, नारायणी नेशनल बैंक, शुभश्री हाइड्रोपावर, विन नेपाल लघुवित्त, बुद्धभूमि हाइड्रो पावर कम्पनी, कर्पोरेट विकास बैंक, पञ्चकन्यामाई हाइडे पावर कम्पनी, शिभम् सिमेण्ट्स, सामलिड. पाव सीइडीबी हाइड्रोपावर डेभलेपमेण्ट कम्पनी रहेका छन् ।

यस दिन अपर तामाकोशी ३२ करोड ८४ लाख रुपैयाँ भन्दाबढीको, अरुण भ्याली हाइड्रो पावर कम्पनीको २८ करोड ३९ लाखको, नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको २५ करोड ३२ लाखको, नेशनल हाइड्रो पावर कम्पनीको २५ करोड २७ लाखको,अपि पावरको २१ करोड ४७ लाखको, नेपाल दूरसञ्चार कम्पनीको १८ करोड ७७ लाखको, जलविद्युत लगानी तथा विकास कम्पनीको १६ करोड ८८ लाखेका, नेपाल लाईफ इन्स्योरेन्सको १४ करोड ४६ लाखको र एनआईसी एशिया बैंकको १४ करोड ४३ लाख र हिमालयन डिष्टिलरीको १३ करोड ४७ लाख रुपैयाको कारोबार भएको थियो ।

Share Now

Leave a comment.