Prakash Adhikari October 20, 2017

 

काठमाडौं, १ कार्तिक । सर्वोच्च अदालतले आगामी मंसिरमा हुने प्रादेशिक र संघीय संसदको निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको मतपत्रका सम्बन्धमा परेको रीटका बारेमा सन्तुलित फैसला गरेकोले बुधबार नेपालको शेयरबजार पुन उकालो लागेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई विना विभागीय बनाएको र निर्वाचन सार्न षड्यन्त्र भैरहेको भन्ने हल्लाका आधारमा मंगलबार शेयर बजार परिसूचक घटेको थियो ।

प्रदेश सभा र प्रतिनिधिसभाको समानुपातिक तर्फको मतपत्र निर्वाचन आयोगले एउटै बनाएको भन्दै राष्ट्रिय जनता पार्टीका सर्वेन्द्रनाथ शुक्लले सर्वोच्च अदालतमा रीट हालेका थिए ।

सो रीटमा सुनवाई गर्दै अदालतले तयार पारिसकेको मतपत्रमा फेरबदल गर्नुनपर्ने र अलग अलग ऐन अन्तरगत हुने निर्वाचनमा प्रत्यक्षतर्फको मतपत्र छपाई गर्दा प्रदेश र संघीय प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनमा अलग अलग मतपत्र बनाउने नै भएकोले रीट जारी गर्न नपर्ने भन्ने आशयसहितको निर्देशनात्मक फैसला सुनाएको थियो । निर्वाचन हुने विश्वास पलाउनासाथ शेयर बजार बढेको विश्लेषकहरु ब्ताउछन् ।

बुधबार नेप्से परिसूचक ९ दशमलव १७ अंकले बढेर १५६८ दशमलव ३५ अंक पुगेको थियो । यो अघिल्लो दिनको तुलनामा शून्य दशमलव ५९ प्रतिशतको बढोत्तरी हो ।

यस दिन १ सय ४५ कम्पनीका ११ लाख ११ हजार १ सय ३० कित्ता शेयरको किनबेचबाट ४३ करोड २५ लाख ५ हजार ४०रुपैयाको कारोबार भएको थियो ।

यस दिन नेपालको शेयरबजारमा सबै उपसमूहका परिसूचकहरु बढेका थिए । नेप्सेले बैकिंग, बीमा, विकास बैंक, होटल, ब्यापारिक, जलविद्युत,वित्त र अन्य समूहमा वर्गीकरण गरी उपसमूहहरु बनाएको छ ।

Sub-Indices Turnover Current Points Change %Change
Banking 141,448,000.00 1,351.60 4.09 0.3
Trading 1,462,560.00 228.46 6.33 2.85
Hotels 3,671,080.00 2,422.07 3.69 0.15
Development Bank 51,565,800.00 1,914.89 14.45 0.76
HydroPower 45,714,000.00 1,871.44 11.71 0.63
Finance 7,317,930.00 789.01 7.53 0.96
Insurance 83,833,800.00 8,594.36 97.48 1.15
Others 15,039,100.00 791.29 9.26 1.18

यसदिन नेपाल लाइफ इन्स्योरेन्सको प्रबर्धक, चिलिमे जलविद्युत कम्पनी, राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, नेपाल टेलिकम, सिभिल बैंक लिमिटेड, नेपाल लाईफ इन्योरेन्स, नेपाल इन्भेष्टमेण्ट बैक र प्रभु बैंकको शेयरको अधिक रकमको कारोबार भएको छ ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2017-10-18 15:00:00
NLICLP 44,062,500.00 1,175.00
CHCL 39,615,806.00 901.00
RBCLPO 14,645,550.00 14,600.00
NICL 14,584,593.00 1,510.00
PRIN 14,437,744.00 1,185.00
NTC 13,827,900.00 790.00
CBL 12,642,700.00 240.00
NLIC 12,347,410.00 2,017.00
NIB 12,283,570.00 650.00
PRVU 8,568,514.00 385.00

बुधबारको बजारमा ङदी पावार, बरण हाइड्रो पावर, गुराँस लाइफ, वोमी माइक्रोफाइनान्स, सनराइज बैंक, आरएसडिसी, सूर्यलाईफ, साइन विकास बैंक,विशालवजार कम्पनी र सिभिल बैंकको शेयर मूल्य बढ्न गएको थियो ।

Top Gainers

Symbol LTP % Change
As of 2017-10-18 15:00:00
NGPL 242.00 5.2174
BARUN 209.00 5.0251
GLICL 1,070.00 4.3902
WOMI 2,008.00 4.3117
SRBL 344.00 3.9275
RSDC 1,329.00 3.9063
SLICL 1,079.00 3.8499
SHINE 426.00 3.6496
BBC 2,200.00 3.5294
CBL 240.00 3.4483

यस्तै यस दिन बेष्ट फाइनान्स कम्पनी, रिडी हाइड्रो पावर, सहयोगी विकास बैंक,रिलायन्स फाइनान्स, नेपाल हाइड्रो पावर कम्पनी, नयाँ नेपाल लघुवित्त, सानिमामाई हाइड्रोे पवार, माछापुच्छ्र्रे बैंक, तिनाउ विकास बैंक र ओरियन्टल होटलको शेयर मूल्य अधिल्लोदिनको तुलनामा घट्न गएको थियो ।

Top Losers

Symbol LTP % Change
As of 2017-10-18 15:00:00
BFC 152.00 -8.982
RHPC 153.00 -3.7736
SBBLJ 327.00 -2.3881
RLFL 208.00 -2.3474
NHPC 130.00 -2.2556
NNLB 2,660.00 -1.9926
SHPC 530.00 -1.8692
MBL 323.00 -1.8237
TNBL 273.00 -1.7986
OHL 879.00 -1.7877

यस दिन यी कम्पनीको शेयर बेच्ने लगानी कर्ताले अघिल्लो दिनको तुलनामा सम्पत्तिको मूल्य गुमाएका छन् ।

Share Now

Leave a comment.