काठमाडौ, ३ कार्तिक (क्रिक नेपालबाट)। डिसेम्बरमा हुने एभरेस्ट प्रिमियर लिगका लागि अक्सनमा सहभागी हुन एक सय ६० जना खेलाडीले आफ्नो नाम दर्ता गरेका छन ।
आयोजकले आज जारी गरेको विज्ञप्ती अनुसार ए, बी र सी क्याटोगरीमा गरी एक सय ६० खेलाडीले नाम दर्ता गरेका हुन् । हाल राष्ट्रिय टिममा रहेका, घरेलु र क्षेत्रीय खेलाडीले उत्हासपुर्ण रुपमा आफ्नो नाम दर्ता गरँएको आयोजकको भनाइ छ । यी मध्ये बाट अक्सनका लागि ७० जना खेलाडी छनौट गरिनेछ । अक्सन कात्तिक सात गते हुनेछ ।
केही दिनमानै अक्सनका लागि छनौट भएका अन्तिम खेलाडीको नामावली सार्वजनिक गरिने बताइएको छ । आयोजकले यसअघिनै इपिएलमा सहभागीता जनाउने ६ शहरका ६ टिम र मार्की प्लेयरको नाम सावर्जनकि गरिसकेको छ । मार्कि प्लेयरमा पारस खड्का, शक्ति गौचन, शरद भेषावकर, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरी रहेका छन काठमाडौं किंस इलाभेनमा सोमपाल ललितपुर प्याट्रियट्समा ज्ञानेन्द्र मार्कि प्लेयरका रुपमा रहेका छन ।
यस्तै विराटनगरको विशाल वारियर्समा पारस खड्का, भैरहवा ग्लाडियटर्समा शरद भेषावकर , पोखरा राइनोजमा शक्ति गौचन र चितवन टाइगर्समा दिपेन्द्र रहेका छन । प्रतियोगिताको विजेताले २१ लाख पुरस्कार पाउनेछ । प्रत्येक टिमले तीन विदेशी खेलाडी अनिवार्य रुपमा राख्नु पर्नेछ । विदेशी खेलाडी कहिले सार्वजनिक गर्ने भन्ने बारे भने अहिले सम्म केही खुलाइएको छैन् ।