Prakash Adhikari March 10, 2018

वुलावायो,हरारे(जिम्बावे), २६ फागुन । आईसीसी विश्व कप छनौट खेलका लागि जिम्बाबेको राजधानी हरारेको बुलावायो एथलेट्स क्लबको खेल मैदानमा भएको नेपाल र अफगानिस्तान बीचको खेलमा नेपालले अफगानिस्तान सामु १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउदै सो लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालको तर्फबाट सर्वाधिक रन पारस खड्काले बनाए । उनले १० चौका र १ छक्काको मद्तले ७५ रन जोडे । दीपेन्द्रनाथ ऐरीले ३२ रन जोडे भने आसिफ सेख र ज्ञानेन्द्रमल्लले समान २३ रन जोडे । नेपालका अरु ब्याट्स्म्यान फिका देखिए ।

सोमपाल कामी र बसन्त रेग्मी ९ रनमा आउट भए भने एके शाहले ७ रन मात्र जोडे । करण केसीले ६ रन भन्दा जोेड्न सकेनन् ।

आरके पौडेलले जम्मा १ रन जोडे भने सन्दी लामिछाने र एलएन राजवंशी दुवै कुनै रन लिन नसकी पेभिलियन फर्किए ।

अफगानिस्तानका तर्फबाट रसिद खानले ३ विकेट लिए । उनले एलएन राजवंशी, दीपेन्द्रनाथ ऐरी र ज्ञानेन्द्र मल्ललाई पेभिलियन फर्काए ।

त्यस्तै मोहम्मद नवीले कप्तान पारस, आर के पौडेल र आसिफ शेखको विकेट लिए ।

सपुर जर्दारीले सन्दी लामिछाने र करण केसीलाई मैदानबाट विदा दिए ।

मुजिवर रहमानले एके शाहलाई पनि छिटै पेभिलियन फर्काए ।

आजको खेलमा नेपालले टस जितेर ब्याटिड. रोजेको थियो ।

Share Now

Leave a comment.