Prakash Adhikari February 18, 2022

 

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), ६ फागुन(बीबीसी) । युक्रेनमा हमला गर्नका लागि रुसले बनावटी कारणको तयारी गरिरहेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडनले उसको सैन्य कारबाही तत्कालै सुरु हुनसक्ने बताउनुभएको छ।

तर उहाँले कूटनीतिक समाधान अझै सम्भव रहेकोमा जोड दिनुभएको छ।

बिहीवार संयुक्त राष्ट्रसङ्घमा बोल्ने क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले मस्कोले हमलाको औचित्य देखाउन प्रयोग गर्न सक्ने कयौँ कुराहरूको सूची प्रस्तुत गर्नुभएको थियो।

बनावटी कारण

न्यूयोर्कमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा बोल्ने क्रममा एन्टोनी ब्लिङ्कनले रुसी हमला कस्तो खाले हुनसक्छ भन्ने स्पष्ट नभएको बताउनुभयो।

तर उहाँले सम्भावनाहरूलाई रुसभित्रै मञ्चन गरिएको कथित आतङ्कवादी बम हमला, विशाल चिहान पाइएको कुरा, उसका नागरिकमाथि नाटकीय रुपमै हुनसक्ने ड्रोन हमला वा नक्कली या साँच्चिकैको रासायनिक हमला जस्ता कारण हुनसक्ने बताउनुभयो।

युक्रेन

विवादित पूर्वी युक्रेनको एउटा नर्सरी स्कुलमा तोप पहार हुँदा तीनजना घाइते भएका छन्।

उहाँले सम्भावित त्यस्ता घटनापछिको अवस्थामा रुस सरकारले युक्रेनमा रहेका रुसी जातीय समूहका मानिसहरूको सुरक्षा गर्न भनेर ुनाटकीय ढङ्गले आपत्कालीन बैठक बोलाउने बताउनुभयो।

र, त्यसपछि रुसी क्षेप्यास्त्र र बमहरू युक्रेनी निसानामा प्रहार हुन थाल्ने ब्लिङ्कन भनाइ थियो।

ब्लिड.कनले साइबर हमलाको जोखिम समेत औँल्याउनुभयो।

रुसी सहायक विदेशमन्त्री सर्गेई भर्सिननको प्रतिवाद

मस्कोले ती कुराहरूलाई आधारहीन बताउँदै अमेरिकाले तनाव बढाएको आरोप लगाएको छ।

उक्त बैठकमा रुसी सहायक विदेशमन्त्री सर्गेई भर्सिननले ब्लिङ्कनका विचार डरलाग्दा भएको बताउनुभयो।

मस्कोले युक्रेनमा हमला नगर्ने कुरा स्पष्टसँग भन्नुपर्ने ब्लिङ्कनको भनाइ छ।

मस्कोले युक्रेनमा हमला नगर्ने कुरा स्पष्टसँग भन्नुपर्ने ब्लिङ्कनको भनाइ छ।

मस्कोले युक्रेनमा हमला नगर्ने कुरा स्पष्टसँग भन्नुपर्ने ब्लिङ्कनको भनाइ छ।

मस्कोले हमलाको योजना रहेको कुरा अस्वीकार गर्दै आएको छ।

तर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुस आक्रमण गर्न सक्ने अवस्थामा रहेको बताउनुभयो।

उहाँले त्यसका लागि रुसले आफ्ना सैनिकहरू ब्यारेकमा फिर्ता पठाउनुपर्ने र उसका कूटनीतिज्ञहरू वार्ताको टेबलमा आउनुपर्ने बताउनुभएको छ।

रुसको तयारी कस्तो छ?

युक्रेनमा कुनैपनि बेला आक्रमण गर्नसक्ने रुसको तयारी बारे बीबीसी न्यूजका डेभिड ब्राउनको रिपोर्ट

हतियार

रुसले युक्रेनको सीमाबाट आफ्ना सेना फर्काउन थालेको दाबी “मिथ्या” भएको एक वरिष्ठ अमेरिकी अधिकारीले आरोप लगाएका छन्।

ती अधिकारीले हालैका दिनमा रुसले थप ७,००० सैनिक त्यहाँ तैनाथ गरेको र “कुनै पनि बेला मिथ्या अवस्था” देखाएर आक्रमण गर्न सक्ने बताएका छन्।

आक्रमणको योजना रहेको विषय अस्वीकार रुसले भने सीमामा सैन्य अभ्यास सकिएको र सैनिकहरू फिर्ता गर्न थालेको दाबी गरेको छ।

तर पश्चिमा अधिकारीहरूले यसबारे कुनै प्रमाण नदेखेको बताएका छन्।

युक्रेनमाथि आक्रमण गर्न सकिने गरी रुसले गरेको तयारी कस्तो छ त?

रुसले बख्तरबन्द, हातहतियार र उपचार सुविधासहित करिब एक लाख ३० हजार सैनिक युक्रेनको सीमा नजिक तैनाथ गरेको छ।

यसमा बेलारुसमा सैन्य अभ्यास गरिरहेका ३०,००० सैनिक पनि समावेश छन्।

अघि बढ्दै फौज
आक्रमणका लागि आवश्यक मुख्य-मुख्य सहायता इकाईहरू पछिल्ला दिनहरूमा कम्ब्याट फौजसहित अघि बढिरहेको बताइएको छ।

यसमा बख्तरबन्द मर्मत गर्ने वर्कसप, माटो पन्छाउने उपकरण र केही स्थानमा रगतको आपूर्ति सहितका अस्पतालहरू रहेको ठानिएको छ।

केही विश्लेषकहरूले मानिसहरूको चहलपहल र अस्पतालहरूको उपस्थिति आक्रमणको तयारीको सङ्केत भएको बताएका छन्।

आक्रमणको लागि यस्तो सहायता इकाईहरू सबै क्षेत्रमा उपलब्ध भए वा नभएको स्पष्ट हुन सकेको छैन।

ट्याङ्क

ट्याङ्क

रुसका विभिन्न स्थानबाट आएका ३५,००० फौजहरू युक्रेनको सीमामा स्थायी इकाईको रूपमै तैनाथ भएका छन्।

केही नयाँ सैन्य इकाईहरू रुसको सुदूरपूर्वबाट करिब ४,००० माइल यात्रा गरेर युक्रेनको सीमा नजिक आएका छन्।

सबैभन्दा गह्रौँ हतियारहरू युक्रेनको सीमाभन्दा ८० माइल टाढाको कुर्स्क हुँदै रेलबाट ल्याइएका छन्।

अरू साधनहरू कराचेभ क्षेत्र सडक मार्क हुँदै ल्याइएका छन्।

एक लाख ३० हजार सैनिक
यसअघि अधिकांशले युक्रेनको सीमा नजिक तैनाथ भएका रुसी फौजहरूको सङ्ख्या एक लाख भएको आकलन गरेका थिए।

तर बिहीवार पश्चिमा अधिकारीहरूले पुरानो आकलनभन्दा धेरै फौज युक्रेन सीमामा रहेको र त्यसको सङ्ख्या एक लाख ३० हजार पुगेको बताएका छन्।

यूकेका रक्षामन्त्री बेन वालेसले रुसले उसको आधा लडाकु फौज युक्रेनको सीमा नजिक बेलारुसमा तैनाथ गरेको बताएका छन्।

युक्रेनले पनि यस्तै सङ्ख्यामा फौजहरू रहेको जनाएको छ। उसका अनुसार रुसले एक लाख १२ हजार स्थल सेना र १८,००० जल र वायुसेना तैनाथ गरेको छ।

ट्याङ्क
पृथकतावादीको समूह
रुसी सेनाबाहेक युक्रेनको लुहान्स्क र डोनेस्क क्षेत्रमा थप १५,००० भन्दा बढी रुसी पृथकतावादीहरू रहेको अनुमान गरिएको छ।

युक्रेनले यो सङ्ख्या अझै बढी रहेको हुनसक्ने आकलन गरेको छ।

गत डिसेम्बरमा अमेरिकी गुप्तचर मूल्याङ्कनले यस्तो फौजको सङ्ख्या एक लाख ७५ हजार पुग्ने आकलन गरेको थियो।

धेरै विज्ञहरूले युक्रेनमाथि पूर्ण आक्रमणका लागि रुसले अहिले भर्ती गरेकोभन्दा धेरै फौज आवश्यक पर्ने बताएका छन्।

माथिबाट देखिने दृश्य
रुसी सेना
भूउपग्रहबाट खिचिएका तस्बिरहरूले थप सूचना दिन्छन्। सेनाको उपस्थिति कहिलेकाहीँ टेन्टको रङ्गबाट पत्ता लगाउन सकिन्छ।

भरिएको टेन्टमा न्यानो हुने हुँदा तिनका छानामा हिउँ पग्लिएको हुन्छ र माथिबाट हेर्दा त्यो अलि अँध्यारो देखिन्छ।

सैन्य क्षमता भएका गाडीहरू तिनको आकारको आधारमा पहिचान गर्न सकिन्छ। अनि जमिन वा माटोमा टायरको छापले सवारी साधनहरू चलेको सङ्केत गर्छ।

बेलारुसमा सैन्य उपस्थिति
केही हजार रुसी सेना संयुक्त सैन्य अभ्यासका लागि बेलारुस पुगेका छन्।

उक्त अभ्यास फेब्रुअरी १० देखि २० तारिखबीच उत्कर्षमा पुग्नेछ।

बेलारुसका नेता अलेक्सान्डर लुकासेन्कोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गर्छन्।

युक्रेनी सेना
युक्रेनी सेना

युक्रेनको राजधानी किएभ बेलारुसको सीमाबाट १५० किलोमिटरभन्दा कम दूरीमा अवस्थित छ।

अलाइड रिजल्भ संयुक्त सैन्य अभ्यासले युक्रेनलक्षित अभ्यास गर्ने अवसर प्रदान गर्न सक्ने पश्चिमा पर्यवेक्षकहरू बताउँछन्।

अनलाइन पोस्ट गरिएका तस्बिरमा सैन्य क्षमता भएका गाडीहरू, बख्तरबन्द अनि रकेट सिस्टम सहितका सेनाका सरसामान उक्त क्षेत्रतर्फ लाँदै गरिएको देखिएको दाबी गरिएको छ।

रुसले हवाई प्रतिरक्षा प्रणाली, हातहतियार अनि चिकित्सकीय सहायतासहित आधुनिक एसयू-३५ लडाकु विमान बेलारुसमा तैनाथ गर्ने घोषणा गरेको छ।

जलसेना

समुद्रमा जलसेना

रुसले आन्ध्रदेखि प्रशान्त महासागरसम्म विश्वभरि आफ्नो नौसेनाको अभ्यास गरिरहेको छ। यो महिना सुरु भएको उक्त अभ्यास फेब्रुअरीभरि जारी रहनेछ जसमा :

  • १४० पानीजहाज र तिनलाई आधार दिने अन्य डुङ्गाहरू,
  • ६० विमान र
  • १०,००० अधिकारीहरू समाविष्ट छन्।

युद्धमा प्रयोग हुने मुख्य बख्तरबन्द राख्न सक्ने रुसी नौसेनाका छ वटा पानीजहाज, सेना अनि सैन्य क्षमता भएका गाडीहरू इङ्ग्लिस च्यानल पार गर्दै अभ्यासका लागि भूमध्य सागरतर्फ जाँदै छन्।

तर मृतसागर र युक्रेनको तट पनि उनीहरूको लक्षित गन्तव्य हुन सक्ने वा नसक्ने विषय भने अस्पष्ट छ।

Share Now

Leave a comment.