काठमाडौं, ८ फागुन । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज आइतबार न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ ।
आजको बैठकको प्रस्तावमा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरुको नाम सिफारिस, कर्मचारीहरुको सरुवा, बढुवा लगायतका विषय रहेका छन् ।
न्याय सेवा आयोगमा प्रधानन्यायाधीश सहित कानूनमन्त्री, सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोक सेवा आयोगका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।


















