Prakash Adhikari February 20, 2022

काठमाडौं, ८ फागुन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिकसमीक्षामार्फत शेयर कर्जामा कडाई गरेको र बैंकहरुको ब्याजदर बढाउन लचिलो नीति लिएकोले शेयर बजार प्रभावित बन्न पुगेको छ ।

नेपालमा सडक मर्मतसंभार र विद्युत प्रशारण लाईन निर्माणमा अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) मार्फत ६० अर्ब भन्दाबढीको अमेरिकी अनुदान सहयोग लिन गरिएको संझौता प्रधिनिधि सभामा पेश हुने खबर सार्वजनिक भएपछि पनि शेयर बजार उकासिन सकेन ।

फागुन महिनाको दोस्रे साताको पहिलो दिन धितोपत्र बजार परिसूचक ३९.४० अंकले घटेर २६९३.१० अंकमा झरेको छ ।

यस दिन २ सय ३० वटा कम्पनीको ७१ लाख २२ हजार २ सय ९९ कित्ता शेयरको किनबेचबाट ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८ सय २८ रुपैयाको कारोबार भएको छ ।
यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका १३ समूह मध्ये अन्य समूहबाहेकका १२ समूहको उपपरिसूचक घटेका छन् ।

 

Sub-Indices Current Points Change %Change
Banking 1,720.18 25.75 1.47
Trading 2,856.64 56.67 1.95
Hotels And Tourism 3,016.22 43.72 1.43
Development Bank 4,622.32 91.15 1.93
HydroPower 3,236.97 31.86 0.97
Finance 2,268.13 46.82 2.02
Non Life Insurance 12,170.22 280.75 2.25
Manu.& Pro. 6,695.39 162.8 2.37
Others 2,340.98 9.73 0.42
Microfinance 5,195.55 66.25 1.26
Life Insurance 14,707.98 367.11 2.44
Mutual Fund 15.61 0.18 1.12
Investment 89.52 1.72 1.88

आज घटेको बजारमा पनि युनाइटेड इदीमर्दी जलविद्युत कम्पनी, सामलिड.पावर, नेपाल फाइनान्स, जीवन विकास लघुवित्त, नेपाल टेलिकम, नबिल इक्विटी फण्ड, न्यादी, मैलुड.खोला जलविद्युत, स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर अघिल्लो दिनको कारोबार मूल्यभन्दा बढेको छ ।

Top Gainers

Symbol LTP % Change
As of 2022-02-20 15:00:00
UMRH 759.00 10.00
TPC 679.00 8.64
SPC 699.00 6.55
NFS 698.00 4.18
JBLB 5,133.00 3.49
NTC 1,710.00 1.85
NEF 11.05 1.84
NYADI 491.60 1.78
MKJC 599.00 1.56
SMFBS 1,910.00 1.54
View All

यस दिन अधिक मूल्य घट्ने कम्पनीहरुमा नारायणी विकास बैंक, युनाइटेड इन्स्योरेन्स, रुरु हाइड्रोपावर, प्रिमियर इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, मिथिला लघुवित्त वित्तीय संस्था,नेरुडे लघुवित्त वित्तीय संस्था, हिमालयन जनरल इन्स्योरेन्स, गोर्खा फाइनान्स र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

Top Losers

Symbol LTP % Change
As of 2022-02-20 15:00:00
NABBC 521.00 -4.74
UIC 679.00 -4.63
RURU 995.10 -4.23
PIC 880.00 -4.03
IGI 745.10 -3.86
MLBBL 1,635.00 -3.82
NLBBL 1,151.00 -3.76
HGI 692.10 -3.74
GUFL 671.00 -3.59
ULI 660.30 -3.58
View All

कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै रकमको कारोबार जीवन विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । यस दिन यसको ५८ करोड २ लाख रुपैयाको कारोबार भएको छ । त्यस्तै अरुणभ्याली हाइड्रो पावरको १७ करोड १२ लाखको, अपि पावरको १६ करोड ५९लाखको ,हिमालयन डिष्टिलरीको १५ करोड ३८ लाखको, नेशनल हाइड्रो पावरको १२ करोड ३० लाखको,जलविद्युत लगानी तथा विकास कम्पनीको ९ करोड २७ लाखको, अपर तामाकोशीको ८ करोड ६४ लाखको, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड १८लाखको र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको ८ करोड १७ लाख रुपैया बराबरको कारोबार भएको थियो ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-02-20 15:00:00
JBLB 580,223,450.00 5,133.00
NTC 190,296,150.80 1,710.00
AHPC 171,267,901.60 541.00
API 165,922,835.50 512.50
HDL 153,879,849.30 4,157.00
NHPC 123,044,534.50 418.50
HIDCL 92,789,488.90 314.10
UPPER 86,429,333.00 640.00
NLIC 81,836,044.40 1,338.00
NIFRA 81,730,331.60 361.50
View All

Share Now

Leave a comment.