काठमाडौं, २६ फागुन । नेपाल टेलिकममा ५१ जनाको लागि चौथो तहका सहायक प्रशासकदेखि नवौं तहको प्राविधिक सहितका विभिन्न पदमा ५१ जनाको लागि जागीर खुलेको छ ।
नेपाल टेलिकमलाई आवश्यक परेका जनशक्तिमा उपप्रबन्धक प्राविधिक तर्फको नर्वौ तहमा आदिवासी जनजातीका १ जना,इलेक्टोनिक्स एण्ड कम्युनिकेशनका प्राविधिक सातौ तहमा १५ जना( खुलामा ८, महिला २ आदिवासी जनजाति, दलित र मधेशीबाट एक एकजना), इलेक्टिकल सातौ तहमा ३ जना(खुला २ र आदिवासी जनजाती तर्फ १), सातौ तहका टेलिकम इञ्जिनियर कम्प्युटरतर्फ ६ जना(खुला ३,महिला,आदिवासी जनजाति र मधेशी एकएक जना), सहायक लेखा अधिकृत प्रशासन छैठौ तहमा २ जना( १ खुला १ महिला), छैठौ. तहमा सहायक प्रशासकीय अधिकृत २ जना(खुला १ र मधेशी १) र प्राविधिक सहायक चौथो तहमा २२ जना( खुला १२,महिला ३, आदिवासी जनजाति ३ मधेशी२ दलित र अपाड.्ग १/१ ) छन् ।
इच्छुक र न्यूनतम योग्यता पुगेका उम्मेद्वारहरुले चैत्र २४ गतेसम्म आवेदन दिनुपर्ने छ । आवेदन अनलाईनबाट पनि दिन सकिनेछ । आवेदकहरुले दोब्बर दस्तुर तिरेमा २०७५ साल बैशाख १ गतेसम्म आवेदन दिन सक्नेछन् ।