Prakash Adhikari March 10, 2018

 

वुलावायो,हरारे(जिम्बाबे),२६ फागुन । आईसीसी विश्वकप छनौट खेल अन्तरगत जिम्बाबेमा भैरहेको तेस्रो प्रतियोगिता पनि नेपालले गुमाएको छ ।

टीम क्याप्टेन विना उत्रिएको अफगानिस्तानलाई नेपालले पराजित गर्ने आशालाई नेपाली खेलाडीहरुले पूरा गर्न सकेनन् ।

संभवत हिमालको चिसो हावामा हुर्किएका नेपाली क्रिकेट खेलाडीहरु दक्षिण अफ्रिकाको प्रचण्ड गर्मीमा दौडन धेरै कठिन भएको हुन सक्छ ।

जिम्बाबेसंगको खेलमा बलिड. रोजेको नेपालले ठूलो रनको अन्तरमा खेल हारेकोले स्कटल्याण्ड र अफगानिस्तानसंगको खेलमा ब्याटिड. राजेको थियो ।

नेपाली खेल टोलीमा ब्याटिड.भन्दा बलिड. राम्रो मानिए आजसम्मका खेलमा कुनै जादूले काम गरेन ।

आज नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले ४ विकेटको क्षतिमा ६८ बल बाँकी रहदै पूरा गर्यो ।

दोस्रो खेलमा दीपेन्द्रनाथ ऐरी ले २ र करन केसी तथा सन्दीप लामिछानेले एकएक विकेट लिए ।

Share Now

Leave a comment.