मस्कट(ओमान), १० फागुन । ओमानमा जारी टी २० विश्वकप छनौट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपाल यूएईसँग पराजित भएको छ।
यो हारसँगै यसै वर्ष अस्ट्रेलियामा हुन लागेको टी २० विश्वकप खेल्ने नेपालको धोको अधुरो हुने भएको छ।
समूह चरणका तीनवटै खेल जितेर सेमिफाइनल पुगेको नेपालले युएईले दिएको १ सय ७६ रनको लक्ष्य हासिल गर्न सकेन।
नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर जम्मा १ सय ७ रन मात्रै जोड्न सक्यो।
जितसँगै यूएईले टी २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ।
अर्को सेमिफाइनलमा ओमानलाई ५६ रनले हराएको आयरल्याण्ड पनि टी २० विश्वकपका लागि छनौट भएको छ।

कमजोर ब्याटिङ
पहिलो ओभरको लगातार दुई बलमा आशिफ शेख र लोकेश बम आउट भएपछि नेपालको शुरुवात निकै खराब बनेको थियो।
यूएईका बलर जुनेद सिद्दिकीले शेखलाई एलबीडब्ल्यू तथा बमलाई क्याच आउट गराएका थिए।
सिद्दीकीले नै तेस्रो ओभरमा कुशल भुर्तेललाई पवेलियन फर्काए।
७ रन बनाएर खेलिरहेका भुर्तेलको क्याच विकेटकिपर अरबिन्दले समातेका थिए।
त्यसपछि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले इनिङ सम्हाल्ने प्रयास गरे।
टी२० विश्वकपका लागि निर्णायक भिडन्तमा नेपाली क्रिकेट
क्यानडालाई सहज ढङ्गले हराउँदै नेपाल सेमिफाइनलमा
तर आठौँ ओभरको पहिलो बलमा रोहन मुस्तफाले शेखलाई विकेटकिपरबाट क्याच गराएपछि नेपाल थप समस्यामा पर्यो।
त्यसबेला नेपाल ५४ । ४ को स्थितिमा थियो।
क्रिकेट
नेपालको अन्तिम आशाको रुपमा क्रिजमा दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ल थिए।
यी दुईले पाँचौ विकेटका लागि ३३ रनको साझेदारी गरे।
तर १३ औं ओभरमा अहमद राजाले यी दुवैजनालाई लगातार बलमा आउट गरिदिएपछि नेपाल हारको सँघारमा पुग्यो।
त्यतिबेला ऐरी ३८ र मल्ल २० रन बनाएर खेलिरहेका थिए।
मल्लले राजालाई ओभरको तेस्रो बलमा छक्का प्रहार गरे। अर्को बलमा उनी वासिमद्वारा क्याच आउट भए।
पाँचौ बलमा ऐरी एलबीडब्ल्यूको धरापमा परे। त्यसबेलासम्म यूएईको पक्षमा खेल गइसकेको थियो।
कमजोर बलिङ
यसअघि टस हारेर फिल्डिङ पाएको नेपालले यूएईको ब्याटिङलाई रोक्न सकेन।
सुरुवातदेखि नै आक्रामक देखिएका यूएईका ब्याटरहरूले सहजै रन जोडेका थिए।
जितेन्द्र मुखियाले दोस्रो ओभरमा चिराग सुरीलाई आउट गरे।
तर त्यसपछि ओपनर मोहम्मद वासिम र युवा विकेटकिपर वृत्य अरबिन्दले आक्रामक ढङ्गले इनिङलाई अगाडि बढाए।
अरबिन्दले चौथो ओभरमा मुखियालाई १८ रन प्रहार गरे।
उनले पाँचौ ओभरमा अभिनाश बोहरालाई, छैटौँ ओभरमा कप्तान सन्दीप लामिछानेलाई तथा सातौँ ओभरमा आरिफ शेखलाई १३ । १३ रन प्रहार गरे।
आठौँ ओभरमा कप्तान लामिछानेले बोल्ड गरी उनको इनिङ समाप्त पारिदिएका थिए।
अरबिन्दले २३ बलमा ४६ रन प्रहार गरे। सो क्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए।
त्यतिबेला स्कोरबोर्डमा ७२ रन बनिसकेको थियो।
तर यूएईको रन बन्ने क्रम भने रोकिएन।
एउटा इन्डबाट ओपनर वासिमले निरन्तर रन गति बढाइरहेका थिए।
आठ वर्षपछि के नेपाल फेरि विश्वकपमा छनोट हुन सक्छरु
सन्दीप लामिछानेको टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट
११ औँ ओभरमा उनले बोहरालाई १८ रन प्रहार गर्दै स्कोर १ सय २ रनको स्थितिमा पुर्याए।
बोहराको बलमा लामो शट् खेल्ने क्रममा आउट भएका मोहम्मद उसमानले २४ बलमा १७ रन जोडे।
सोह्रौँ ओभरको पाँचौँ बलमा बोहराले वासिमको विकेट लिन सफल भए।
वासिमले ४ चौका र ४ छक्काको मदतले ४७ बलमा ७० रन बनाएर यूएईलाई बलियो स्थानमा पुर्याएका थिए।
उनी आउट हुँदा यूएई ४ विकेटको क्षतिमा १ सय ४० रनको बलियो स्थितिमा पुगिसकेको थियो।

१७ औँओभरमा मुखियाले बासिल हमिदलाई २ रनमा विवेक यादवबाट क्याच गराए।
आक्रामक ढङ्गबाट खेलको अन्त्य गर्ने मुड बनाएका जवाफ फरिद (१७ रन) लाई मुखियाले १८ औँ ओभरमा आउट गरे।
आउट हुनु अगाडि उनले सो ओभरको चौथो र पाँचौँ बलमा छक्का र चौका हानेका थिए।
ज्ञानेन्द्र मल्लले छक्का हुन लागेको बललाई बाउन्ड्री लाइनमा शानदार क्याच लिएका थिए।
बोहराले १९ औँ ओभरमा कसिफ दोडलाई आउट गरेर आफ्नो विकेट सङ्ख्या ३ पुर्याएका थिए।


















