Prakash Adhikari February 23, 2022

 

मस्को(रुस), ११ फागुन(बीबीसी) । भ्लादिमिर पुटिनले युक्रेनमा पृथक्तावादीको नियन्त्रणमा रहेका डोनेट्स्क र लुह्यान्सक क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिँदै शान्तिपूर्ण कार्यका लागि रुसी सेना युक्रेनमा परिचालन गर्ने घोषणा गरेपछि पश्चिमा राष्ट्रहरुले रुसमाथि प्रतिबन्ध लगाउन थालेका छन् ।

यूकेले रुसका पाँचवटा बैंक र तीन धनी व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ भने जर्मनीले रुससँगको एउटा प्रमुख ग्यास पाइपलाइन परियोजना नोर्ड स्ट्रीम टूलाई यथास्थितिमा राख्ने बताएको छ।

 

रुसी राष्ट्रपति पुटिनले हस्ताक्षर गर्नुभएको आदेशमा रुसी सेनाले दुवै क्षेत्रमा ‘शान्ति स्थापनाका लागि भूमिका निर्वाह’ गर्ने उल्लेख गरिएको छ जसले सैन्य बलले छिट्टै सीमा पार गर्न सक्ने चिन्ता बढाएको छ।

एउटा टेलिभिजन सम्बोधनका क्रममा पुटिनले राष्ट्रका रूपमा छुट्टै राष्ट्रका रूपमा युक्रेनको अस्तित्व नरहेको बताउनुभएको थियो ।
युक्रेनका राष्ट्रपतिले देशवासीका नाममा सम्बोधन गर्दे युक्रेन नडराएको प्रतिक्रिया दिनुभयो तर विगत केही महिनादेखि सीमा क्षेत्रमा रुसी फौजको उपस्थितिले र्तिर्सएका युक्रेनबासीलाई मंगलबारको घोषणाले थप त्रसित बनाएको छ ।

अमेरिकाले विद्रोहहरूको नियन्त्रणमा रहेको क्षेत्रहरूमा प्रतिबन्ध लगाएको छ, आफ्ना नागरिकहरूलाई त्यहाँ थप लगानी गर्न वा व्यापार नगर्न भनेको छ।

संसदको सहयोग खोज्दै पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसबाहिर सैन्य बल प्रयोग गर्न रुसी संसद डुमाको सहयोग खोज्नुभएको जानकारी आएको छ।

त्यसबाट रुसलाई युक्रेनमा ठूलो आक्रमण गर्न बाटो खुल्न सक्ने बताइन्छ।

रुसी पाँच बैंकमाथि यूकेको प्रतिबन्ध

यूकेयूकेयूकेयूकेयूकेयूके
यूकेका प्रधानमन्त्री बोरिस जोनसनले पाँचवटा रुसी बैंकहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ। उहाँले रुसका सबैभन्दा बढी सम्पत्ति भएका तीन व्यक्तिमाथि पनि प्रतिबन्ध लगाउनुभएको छ।

जोनसनले भन्नुभएको छ, “उनीहरूको यूकेमा भएका सम्पत्ति रोक्का गरिनेछ र ती व्यक्तिहरूलाई यहाँ आउनबाट प्रतिबन्ध लगाइएको छ। हामी यूकेका कुनै पनि व्यक्ति वा संस्थालाई उनीहरूसँग कुनै पनि प्रकारको सम्बन्ध राख्न दिने छैनौँ।”

उहँले यी कदम पहिलो चरणको प्रतिबन्ध भएको उल्लेख गर्दै थप प्रतिबन्धहरू लगाउनका लागि पनि आफू तयार रहेको जनाउनुभएको छ।

‘नोर्ड स्ट्रीम टू’ प्रमाणीकरण स्थगित

नोर्ड स्ट्रीम टु पाइपलाइननोर्ड स्ट्रीम टु पाइपलाइनUkraine crisis: Nord Stream 2 pipeline could be axed, US warns - BBC News
जर्मनीले नोर्ड स्ट्रीम टू पाइपलाइनलाई प्रमाणीकरण गर्ने प्रक्रिया स्थगित गरेको छ।

उक्त निर्णयलाई पुष्टि गर्दै चान्सलर ओलाफ शोल्ट्सले भन्नुभएको छ, “यो सुन्दा प्राविधिक जस्तो लाग्छ तर यो एउटा चाल्नैपर्ने प्रशासनिक कदम हो जसले गर्दा पाइपलाइनको प्रमाणीकरण हुनेछैन। अनि प्रमाणीकरणबिना नोर्ड स्ट्रीम टूले काम गर्न सक्ने छैन।”

भाइसचान्सलर तथा अर्थमन्त्री रोबेर्ट हाबेकले पछि संवाददाताहरूलाई नोर्ड स्ट्रीम टूबिना पनि जर्मनीमा ग्यासको आपूर्ति सुनिश्चित भएको बताउनुभयो। उक्त पाइपलाइनका कारण रुसबाट जर्मनीमा भित्रिने ग्यासको परिमाण दोबर हुने थियो।

उहाँले छोटो समयका लागि ग्यासको मूल्य बढ्ने बताउनुभयो।

यद्यपि युरोपेली आयोगले उक्त कदमले युरोपको ग्यास आपूर्ति प्रभावित नहुने बताएको छ।

युक्रेन सङ्कटबारे अहिलेको स्थिति 

रुसले पूर्वी युक्रेनमा आफ्नो सेना पठाउने घोषणा गरेपछि युक्रेन घटनाक्रमहरू तीव्र गतिमा विकसित भइरहेका छन्।अहिलेसम्म भएका महत्त्वपूर्ण घटना यस्ता छन्ः

  • रुसले मस्कोले समर्थन गरेका पृथकतावादीहरूको नियन्त्रण रहेको युक्रेनका डोनेट्स्क र लुह्यान्सक क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै आफ्नो सेना पठाउन आदेश दिएको छ ।
  • यूकेका प्रधानमन्त्रीले उक्त घटनाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘युक्रेनमा पूर्ण स्तरको अतिक्रमण’ गर्न तयार रहेको देखाएको बताउनुभएको छ ।
  • जोनसनले ‘रुसको अविवेकी व्यवहार’ विरुद्ध यूकेले प्रतिबन्ध लगाउने बताइसक्नुभएको छ ।
  • संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले रुसविरुद्ध प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन् ।
  • सोमबार राति पुटिनले युक्रेनसँग वास्तविक राष्ट्रको इतिहास नभएको दाबी गर्दै टेलिभिजन सम्बोधन गरेपछि यी घटनाक्रमहरू विकसित भएका हुन् ।
  • युक्रेनका राष्ट्रपतिले युक्रेन कसैसँग नडराउने र कसैलाई केही नदिने बताउनुभएको छ ।
  • अतिक्रमणको भयले अर्थतन्त्रमा पनि प्रभाव परिरहेको छ र रुसी स्टकको मूल्य ८ प्रतिशतले घटेको छ भने तेल र ग्यासको मूल्य बढेको छ।

आक्रोशित पुटिनको टेलिभिजन सम्बोधन

 

पुटिनपुटिन
सारा रेन्स्फर्ड, बीबीसी पूर्वी युरोप संवाददाता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले राति अबेर क्रेम्लिनबाट टेलिभिजनमार्फत् गरेको सम्बोधनमा पश्चिमा विश्वप्रति आक्रोश, पुरानो गुनासो र चुनौती व्यक्त गर्नुभयो।

भाषण गर्दा पुटिन आक्रोशित, अधीर र धम्की दिने रूपमा प्रस्तुत हुनुभएको थियो। उहाँले २० वर्षभन्दा बढी समयदेखि विद्यमान पीडा पोख्दै जाई लागेजस्तो देखिन्थ्यो।

“तिमीहरूले हामीलाई साथी बनाउन चाहेनौ “, पश्चिमलाई इङ्गित गर्दै उहाँले भन्नुभएको थियो, “तर हामीलाई शत्रु पनि बनाउनु पर्दैनथ्यो।”

यो बेला आफूतिर सर्वाधिक ध्यान केन्द्रित भएको थाहा पाएका पुटिनले हामीले पहिला सुनेका धेरै कुरा भन्नुभएको थियो।

भाषणबाट उहँले सुरक्षासम्बन्धी रुसका मुख्य मागहरू ( नेटोको विस्तारमा रोक र युक्रेनको सदस्यता ) बारे कुनै सम्झौता नगर्ने स्पष्ट सङ्केत दिनुभयो।

रुसका चासोलाई वर्षौँ बेवास्ता गरिएको गुनासो व्यक्त गर्दै उहाँले पश्चिमले पुनर्जागृत विश्वशक्तिका रूपमा रहेको रुसलाई ‘नियन्त्रण गर्न’ खोजेको आरोप लगाउनुभयो।

युक्रेनप्रति पुटिनको ध्यान सनकजस्तो लाग्थ्यो। उहाँको भाषण यति विस्तृत थियो कि कुनै बेला त उहाँ युक्रेनको राष्ट्रपतीय निर्वाचनमा उठ्न लाग्नुभएको पो हो कि जस्तो पनि सुनिन्थ्यो।

युक्रेन कहिल्यै एउटा राष्ट्र नभएको दाबी गर्दै उहाँले युक्रेनको इतिहासलाई बङ्ग्याएर प्रस्तुत गर्नुभएको थियो।

समग्रमा अहिले युक्रेन रणभूमि बनेको छ।

यद्यपि तीव्र गतिमा शक्तिपरीक्षाको सम्भावना निर्माण गर्दै यो रुस र बाँकी पश्चिमा विश्वबीच अस्थिरताको खेल पनि हो।

कूटनीतिक सम्बन्ध भङ्ग गर्ने 

युक्रेनको विदेश मन्त्रालयले रुससँग कूटनीतिक सम्बन्ध भङ्ग गर्ने प्रस्तावबारे आफूले विचार गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले बताउनुभएको छ।

मङ्गलवार पत्रकार सम्मेलनमा इस्टोनियाका समकक्षीसँगै उभिएर बोल्नुभएका जेलेन्स्कीले युरोपेली साझेदारहरूलाई मस्कोविरुद्ध प्रतिबन्ध लगाउन ढिलो नगर्न आग्रह गर्नुभयो।

उहाँले रुससँग ठूलो आकारको द्वन्द्वको सम्भावनालाई नकारे पनि त्यसो भएको खण्डमा सैन्य कानुन बिउँताउन आफू तयार रहेको बताउनुभयो।

उहाँले रुसलाई सजाय दिनका लागि तत्काल ‘नर्ड स्ट्रीम २’ ग्यास पाइपलाइन बन्द गरिनुपर्ने माग राख्नुभएको छ।

रुसदेखि जर्मनीसम्मको उक्त पाइपलाइन गत सेप्टेम्बरमा पूरा भए पनि अझै सञ्चालन भएको छैन।

सोभियत सङ्घ बिउँताउने प्रयास
युक्रेनयुक्रेनयुक्रेनयुक्रेन

युक्रेनका रक्षामन्त्रीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोभियत सङ्घलाई बिउँताउने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ।

आफ्ना सैनिकहरूलाई पठाइएको सन्देशमा अलेक्सी रेज्निकोफले मस्कोको पछिल्लो कदमले सन् १९९१ मा विघटन भएको सोभियत सङ्घलाई फेरि जगाउन क्रेम्लिन लागेको देखिएको बताउनुभयो।

रक्षामन्त्री रेज्निकोफले आफ्नो सन्देशमा लेख्नुभएको छ, “त्यसलाई छुट्याउने एउटा मात्र कुरा भनेको युक्रेन र युक्रेनका सेना हुन्।”

“हाम्रो रोजाइ सामान्य छ,” हाम्रो देश, हाम्रो घर र हाम्रा आफन्तको रक्षा। हाम्रो लागि केही फेरिएको छैन।”

उहाँले थप लेख्नुभएको छ, “अगाडि कडा चुनौतीहरू छन्। त्यहाँ क्षति हुनेछ। तपाईँ पीडाका बीच अगाडि बढ्नुपर्नेछ, धोका र डरलाई जित्नुपर्नेछ। तर जितले हामीलाई पर्खिराखेको छ। किनकि हामी हाम्रो भूमिमा छौँ र सत्य हामीसँग छ।”

रेज्निकोफले मस्कोले ‘आपराधिक’ व्यवहार देखाएको आरोप लगाउनुभएको छ।

तेलको मूल्य उकालो

युक्रेनयुक्रेन

युक्रेन-रुस सङ्कटले विश्वभर आपूर्तिचक्रमा अवरोध पुर्‍याउने त्रासमाझ पेट्रोलियम पदार्थको मूल्य बढेको छ।

मङ्गलवार अन्तर्राष्ट्रिय बजारमा कच्चन तेलको मूल्य प्रतिब्यारल ७ वर्षकै उच्च विन्दू झण्डै ९८ अमेरिकी डलर पुगेको छ।

यूके र कयौँ पश्चिममा देशले रुसमाथि प्रतिबन्ध लगाइने बताएका छन्।

रुस साउदी अरबपछि कच्चा तेल निर्यात् गर्ने दोस्रो ठूलो देश हो भने प्राकृतिक ग्यासको विश्वकै शीर्ष उत्पादक हो।

रुसले कम कच्चा तेल वा ग्यास निर्यात गर्न सक्नेगरी प्रतिबन्ध लगाइनुले ‘विश्वको अर्थतन्त्रमा महत्वपूर्ण असर पर्ने’ विश्लेषण भइरहेको छ।

 

Share Now

Leave a comment.