Prakash Adhikari February 24, 2022

 

 

काठमाडौं, १२ फागुन । अमेरिकाले नेपालको गरिबी निवारणको लागि पूर्वाधार निर्माण गर्न मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) मार्फत दिएको ६० अर्बभन्दा बढीको अनुदान सहयोग लिन गरिएको संझौतामाथि प्रतिनिधिसभामा छलफल हुने दिन यसका विरोधीहरुले गर्नसक्ने हिंसात्मक प्रदर्शनलाई ध्यानमा राखी उपत्यका प्रहरीले राजधानीमा सुरक्षा बढाएको छ ।

 

खास गरी संसदभवना वरपर नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।बानेश्वर क्षेत्रमा प्रहरी सडक खाली गराएर ब्यारिकेड राखेको छ ।

केही दिन अघि प्रदर्शनकारीले प्रहरीको ब्यारिकेडसमेत लडाएका थिए ।

अहिले संसद भवन वरिपरी व्यापक प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरीलाई पनि ‘स्ट्याण्ड बाई’ राखिएको छ । पानीको फोहोरा हान्ने तीन वटा गाडीलाई पनि बानेश्वरमा राखिएको छ ।

संसदभवन वरिपरी काँडेतार थप

बुधबारै संसद भवनको वरिपरी पनि काँडेतार लगाइएको थियो ।

प्रतिनिधिसभा बैठकको समयमा संसद भवन क्षेत्रलाई केन्द्रित गरी प्रदर्शन हुन सक्ने भन्दै प्रहरीले संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार थप गरेको छ ।


सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठन, राप्रपालगायतका अन्‍य दलहरुले समेत संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध गर्दै आएका छन् ।

आज पनि विरोधका लागि सत्तारुढ कम्युनिष्ट पार्टीहरुसहित विप्लवदेखि बैद्यसमूहका कार्यकर्ताहरु बानेश्वरमा जुटेका छन् ।

 

Share Now

Leave a comment.