Prakash Adhikari February 25, 2022

काठमाडौं, १३ फागुन । नेपालमा निजी क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक विमान सेवा बुद्ध एयरले आफ्नो बेडामा अर्को एक जहाज थेपेको छ ।

बुद्धले एटीआर ७२ सेरिजको जहाज थप गरेको हे । बुद्धले भारतबाट किनेको १६ औं जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको छ।

बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले व्यवसायिक योजना अनुसार यो एटीआर-७२ सिरिजको जहाज पोखरा हब बनाएर उडान गर्ने तयारी छ।

बुद्धको नयाँ जहाज बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।

भन्सार क्लियरेन्स र नागरिक उड्डयन प्राधिकरणको दर्ता तथा उडान व्यवस्थापन प्रक्रिया सकिएपछि दुई सातामै यो जहाजमार्फत उडान गर्ने योजना बुद्ध एअरले बनाएको छ ।

बुद्धले यो जहाजमार्फत पोखरा हबबाट सबै गन्तब्य जोड्ने उद्धेश्य लिएको छ ।

बुद्धले हाल पोखरा एअरपोर्टलाई आधार बनाएर बिचक्राफ्ट जहाजमार्फत प्रादेशिक उडान गर्दै आएको छ ।

एटीआर– ७२ सिरिजको जहाजलाई प्रादेशिक उडानमा उपयोग गर्दा भाडादर कम हुने बताइएको छ।

अब बुद्ध एअरसंग एटीआर ७२ सिरिजको जहाज संख्या ११ पुगेको छ। कम्पनीमा तीनवटा एटी आर ४२ र तीनवटा बीचक्राफ्ट छन् ।

 

 

Share Now

Leave a comment.