Prakash Adhikari March 5, 2022

मस्को(रुस),२१ फागुन । रुसले युक्रेनका नागरिकहरुलाई देश छोड्नका लागि साडे ५ घण्टा युद्ध विरामको घोषणा गरेको छ ।

इण्डिया टुडेका सम्वाददाताले ब्रेकिड. न्युज राख्दै आज रुसले सो घोषणा गरेको जनाएका छन् ।

तर यो युद्धविराम सम्पूर्ण युक्रेनकोलागि नभएर मारियुपोल तथा भोल्नाभाखा क्षेत्रका लागि मात्र भएको जनाइएको छ ।

युद्धका बीचमा रुस र युक्रेनका प्रतिनिधिहरुबीच भएको दुई चरणको वार्तामा युद्धविरामका विषयमा रुसी प्रतिनिधिहरु लचिलो भएका थिए ।

 

वार्तामा शान्तिपूर्ण समाधानको खोजीको विषय पनि उठेका थिए ।

आफ्रना प्रतिनिधिहरु वार्तामा सरिक भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले आफू रुसी राष्ट्रपतिसंग एक्लाएक्लै वार्ता गर्न इच्छुक रहेको सार्वजनिक गर्नुभएको थियो ।
१२ लाखले युक्रेन छोडेः राष्ट्रसङ्घ
यसै बीच रुसी आक्रमणका कारण करिब १२ लाख मानिस युक्रेन छोडेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी सम्बन्धी उच्च निकायको तथ्याङ्क छ। पलायन हुनेको आधाभन्दा बढी सङ्ख्या छिमेकी मुलुक पोल्यान्डमा पुगेको छ।

बिहीवार, ३ मार्चसम्म उपलब्ध पछिल्लो तथ्याङ्क अनुसार करिब ६ लाख ५० हजार मानिस पोल्यान्ड पुगेका हुन्।

त्यस्तै १ लाख ५० हजार हङ्गेरी र बाँकी अन्य युरोपेली राष्ट्रहरूमा पुगेका छन्।। छिमेकी मल्डोभा, स्लोभाकिया र रुमेनियामा बाँकी ठूलो सङ्ख्यामा शरणार्थीहरू रहेका छन्।

यूएनएचसीआरका अनुसार “बाँकी धेरै देशभित्र र बाहिर हिँडिरहेका छन्।”

“उनीहरूलाई सुरक्षा र सहयोगको खाँचो छ। अवस्थाबारे थाहा हुँदै जाँदा, अनुमानित ४० लाख मानिसले युक्रेन छोड्न सक्छन्।”

आक्रमण अघि युक्रेनको कुल जनसङ्ख्या करिब ४ करोड ४० लाख थियो।
हिजो रातिदेखि अहिलेसम्मका प्रमुख घटनाक्रम यसप्रकार छन्:

नेटोले ‘नो-फ्लाई जोन’ स्थापनाका लागि अस्वीकार गरेपछि युक्रेन राष्ट्रपतिले उक्त सैन्य सङ्गठनका नेताहरूको आलोचना गरेका छन्।
रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ। केही विवरणहरूका अनुसार त्यहाँ ट्विटर र यूट्यूबको पहुँचमा पनि रोक लगाइएको छ।
अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालीन बैठकमा, युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा भएको रुसी आक्रमणलाई लापरबाहीपूर्णको संज्ञा दिएको छ।
“भगवान्को कृपाले, हिजो राति सम्भावित एक पारमाणविक प्रकोपबाट संसार बच्यो,” संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्डले भनिन्।
परमाणु ऊर्जा केन्द्रका केही भवनहरू आगो लागेपछि रुसी सेनाले केन्द्रलाई कब्जामा लिएको थियो। जसका कारण केहीको मृत्यु र केही घाइते भएको युक्रेनको दाबी छ।
तर रुसले त्यहाँ कुनै सुरक्षा खतरा नभएको र केन्द्रमा गोली प्रहार गरेको कुरा “असत्य” भएको बताउँदै आएको छ।
अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूका अनुसार केन्द्रमा कुनै रेडियोधर्मी पदार्थ नरहेको र सुरक्षित रहेको बताएका छन्।
पश्चिमा अधिकारीहरूका अनुसार रुसका तीन कमान्डरहरू अग्रपङ्क्तिमा गएपछि मारिएका छन्।

Share Now

Leave a comment.